
नेकपा एमाले मेल्लेख गाउँपालिका संगठन कमिटीकाे आयाेजनामा पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सम्पन्न भएकाे छ । मिसन ग्रासरुट अभियान अन्तरगत पालिका संगठन कमिटी अध्यक्ष केसर साउदकाे अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दयाल बहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

शाहीले अबको बहस अन्य राजनीतिक दल संग एमाले पार्टिको भिन्नताकाे बिषयमा राजनीतिक र बैचारिक छलफल सुरु गरिने बताएका छन । अगामि दिनमा पार्टिकाे नीति, सिद्धान्त र नयाँ कार्यदिशाका साथ अघि बढन कार्यकर्ता लाई निर्देशन समेत दिनुयो ।


कार्यक्रममा प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैसिले पाटिकाे समसामयीक राजनीति परिस्थिति र पाटिको दृष्टिकोण बारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा संगठन बिभाग प्रमुख प्रकाश शाहले पार्टी निर्माण सम्बधी पछिल्लो दृष्टिकोण र पार्टी सदस्यहरुको कार्यशैली तथा कायक्रम बारे जानकारी गराउनु भएकाे थियो । यस्तै प्रदेश कमिटी सदस्य पसुपति कुवरले सुखि नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाँक्षा पूरा गर्न पार्टि संगठन प्रतिबद्ध रहेकाे बताउनुभयो । प्रदेश सदस्य देब बहादुर कुवरलेे समाजबादकाे आधार निर्माणका लागि पार्टि र जनतामाझ छलफल गरिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला उप सचिव प्रेम महरले दक्षिण पंथी अवशर वाद र अराजकता विरुद्ध वैचारिक वहस गर्न जरुरी रहेकाे बताएका थिए । कार्यक्रममा जिल्ला कमिटी सदस्य सागर बाब्लि, उजिर साउद, हिरेन्ड कुवर, वीर बहादुर साउद, रमेश कुवर लगायत जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका नेता कार्यकर्ताकाे उपस्थिति रहेका थियाे । पालिका संगठन कमिटी उपाध्यक्ष अनिल शाहकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम काे संचालन सचिव सुरेन्द्र साउदले गर्नु भएकाे थियाे ।
