सम्पत्ति, शिक्षा र शक्तिमा महिलाको पहुच हुनुपर्नेः संविधानसभा सदस्य कामी
ठुलाे संघर्ष र बलिदानबाट महिला अधिकार प्राप्त भएकोः नगरप्रमुख बोहरा, "११३ औं अन्तराष्ट्रिय महिला दिवस मंगलसेनमा भव्य रुपमा मनाईयो"


संविधानसभा सदस्य भैरे कामीले महिला दिवसलाई महिला मुक्ति र हर्षाेल्लासकाे दिवसका रुपमा मनाउनुपर्ने वताउनुभएको छ । मंगलसेन नगरपालिकाको आयोजनामा भएको ११३ औं अन्तरास्ट्रिय महिला दिवस कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

महिलाहरुले आफुले पाएका अधिकार संगै लिएर बाकी रहेका अधिकारका लागि लड्नुपर्नेमा उहाँको जोड थियो । महिलाहरुले अधिकार प्राप्त गर्नका लागि समस्या नरहेकाे भन्दै आफै हिनताबाेधबाट भने मुक्त हुनु सुझाव दिनुभयो । सम्पत्ति, शिक्षा र शक्तिमा महिलाको पहुच हुनुपर्ने र त्यसका लागि प्रयत्नशील रहन महिलाहरूलाई उहाँको आग्रह छ ।

मंगलसेन नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि पदमबहादुर बाेहराले तानाशाह र क्रुर शासकका बिरुद्ध बिद्राेह गरेको दिनका रुपमा अन्तर्राष्ट्रिय महिला दिवस रहेकाे उल्लेख गर्नुभयो । ठुलाे संघर्ष र बलिदानबाट महिला अधिकार प्राप्त भएको भन्दै उहाँले अधिकार सजिलोसँग प्राप्त नहुने र त्यसका लागि संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । महिलाहरुका लागि नेपालकाे संविधान र कानुनमा थुप्रै अधिकार सुनिश्चित भएको भन्दै उहाँले पाएकाे अधिकारकाे रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्न जरुरी रहेकाे उल्लेख गर्नुभयो ।

मंगलसेन नगरपालिकाका नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक संगिता कुमारी रावलको अध्यक्षतामा भएको विशेष समारोहमा नेपाली काँग्रेसका जिल्ला सदस्य मिना ढुंगाना, नेकपा एमालेका भीम जनाला, नेकपा माओवादी केन्द्रका शिव बोगटी, राप्रपाका तेज बहादुर बिष्ट, नेकपा एकिकृत समाजबादीका नयन सोडारी, नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) का दिपेन्द्र जयगडी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मिनराज आचार्य, मंगलसे नगरपालिका ४ का वडा अध्यक्ष नाम सिंह धामी, अन्तरपार्टी महिला संजालका मनसरा रावलले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष नर बहादुर रावल, षोडशा माविका प्रधानाध्यापक मदन कुवर, दलित महिला संघका अध्यक्ष लक्ष्मी सोप, जिल्ला युवा संजालका सदस्य कमल थापा, ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयका संचालिका कविता कठायत, पत्रकार शिलराज ढुंगानाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो ।
कार्यक्रममा मंगलसेन नगरपालिका वडानम्वर ३, ४ र ५ का महिला समूहबाट देउडा प्रस्तुती राखिनुका साथै साँस्कृतिक टोलिलाई पुरस्कार समेत प्रदान गरिएको थियो । “लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँच विस्तार” भन्ने मुल नाराका साथ सुरु भएको अन्तराष्ट्रिय महिला दिवसको औपचारिक कार्यक्रम हुनुपूर्व बाजागाजा र र्याली सहित बजार परिकर्मा गरिएको थियो ।
केही तस्बिरहरुः
