
११३ औ अन्तररास्ट्रीय महिला दिवश को अवसरमा वाक नेपाल मा कार्यरत सम्पुर्ण महिला कर्मचारीहरुलाई संस्था द्वारा सम्मान गरिएको छ । विभिन्न परियोजना मार्फत महिला वालवालिका असहाय र महिला अधिकारका विविध विधाहरुमा पुर्याको योगदानको कदर गर्दै वाक नेपाल केन्द्रीय कार्यालय संफेबगर अछाममा एक कार्यक्रम को आयोजना ३२ जना महिला कर्मचारीहरुलाई सम्मान गरियको हाे ।


घरायसी कामको जिम्मेवारी संगसंगै सामाजिक रुपान्तरण को क्षेत्रमा समेत ठुलो योगदान पुर्याको हुनाले संस्थाले सम्मान गरेको वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशीले बताए । वर्ल्डभिजन इन्टरनेसनल नेपाल र वाक नेपालको साझेदारी मा संचालित एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना कार्यरत कर्मचारी, WEST, HIV एड्स, युरेका, भकारी, परियोजनामा कार्यरत सम्पूर्ण कर्मचारीलाई सम्मान गरियको थियो ।
परियोजनालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उच्च मुल्याकन गर्दै कदर स्वरूप सम्मान गरियको संयोजक गोपिसिंह नेपाली ले बताउनु भयो । सम्मान कार्यक्रममा बोल्दै कार्यक्रम व्यवस्थापक जोशीले भन्नुभयो हामीले घर परिवार र सबै ठाउमा रहेका महिलाहरुलाई समान रुपमा हेर्नुका साथै सामान र कदर गर्नु पर्ने जोशीले बताए । सम्मानित हुने महिला कर्मचारीहरुलाई व्यवस्थापक जोशीले प्रंससा पत्र सहित खादा ओडाएर सम्मान गर्नु भयको थियो ।

उक्त कार्यक्रममा वाक नेपाल एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाका परियोजना संयोजक गोपिसिंह नेपालीले अन्तररास्ट्रीय महिला दिवशको एतिहासिक पृष्ठभूमि का बारेमा जानकारी गराउनु भयको थियो । कार्यक्रम मा वाक नेपालका अन्य कर्मचारीको समेत सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै व्यवस्थापक जोशीले यो परम्परालाई आगामी दिनहरुमा समेत संस्थागत गर्दै लैजाने प्रतिवद्दता समेत व्यक्त गर्नु भयको थियो ।
