नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम मंगलसेन ९ मा सम्पन्न

अछाममा नेकपा एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ९ मा सम्पन्न भएको छ ।

Samajik New Add 2082

वडा कमिटी अध्यक्ष पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य मना अधिकारी प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि अधिकारीले पार्टीको अभियान जनताको घर घरको अभियान भएकाले यसलाई अझै प्रभावकारी बनाउदै जानुपर्ने बताउनु भयो । पार्टीलाई बलियो बनाउनु हरेक नेता कार्यकर्ताको दायित्व भएकाले त्यहि अनुरुप अघि बढन आग्रह गर्नु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव भिम बहादुर रावल कालोटोपि ले गाउँ गाउँको अभियानमा पार्टि नेतृत्व खटेकाले अभियान निकै प्रभावकारी बन्ने बताए ।

प्रत्येक कमिटि क्रियाशील बन्दै गाउँ गाउँमा रहेकाले पार्टीको वास्तविक तथ्यांक आउनु पर्ने बताए । कार्यक्रम जिल्ला कमिटी सदस्य तथा मंगलसेन नगर उपप्रमुख संगिता रावल सोडारी, जिल्ला कमिटी सदस्य गोपाल बोगटी, मंगलसेन नगरकमिटि अध्यक्ष बृख बहादुर बोगटी, उपाध्यक्ष तकेन्द्र रावल, सचिव डम्मर बहादुर रावल, प्रेस चौतारी अछामका कोषाध्यक्ष कमल कुमार रावल, नेपाल राष्ट्रिय शिक्षक संगठनका धर्म बहादुर रावलले सुझाव सहित मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रमको अवसरमा पार्टिमा आबद्ध जेष्ठ कम्युनिस्ट र एकल महिलालाई सम्मान गरिएको थियो ।

नगरकमिटी सदस्य धनकला बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन वडा कमिटी सचिव श्याम सुन्दर रावल गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.