साँसद साउदद्धारा चट्याङबाट भएको घट्ना प्रति ध्याँनाकर्षण

यहि चैत्र ४ गतेका दिन परेको चट्याङका कारण भएको क्षतिप्रति सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट साउदले एक विज्ञप्ती मार्फत ध्याँनाकर्षण गर्नुभएको छ । चट्याङका कारण ९ वटा बाख्रा मर्नुका साथै गंगा जमुना बाख्रा फर्मका संचालक ४२ वर्षिय पार्वती देवी भट्टराई र ११ वर्षिय करुणा भट्टराई घाईते भएको घट्ना प्रति दुड्डख व्यक्त गर्नुभएको हो ।

Samajik New Add 2082

विज्ञप्ती मार्फत साँसद साउदले भन्नुभएको छ “घटना प्रति दुःख व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,  उक्त घटनाबाट उद्यमशिल कृषक प्रति पुग्न गएको क्षतिलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराई पिडितलाई राहतको व्यवस्था गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार लगायत सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।”

साथै घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न पनि पनि सम्वन्धित पक्षमा उहाँले अनुरोध गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.