जन्मदिनमा वडा सचिव भण्डारीद्वारा विरामीलाई सहयाेग

Samajik Bal biwaha

टेकराज भण्डारी, अछाम ६ चैत्र:

जन्मदिनलाई सामाजिक कार्यमा समर्पित गर्ने क्रम बढिरहेकाे छ । जन्मदिनमा तडकभडक र फजुल खर्च गर्नुभन्दा सामाजिक काम गरि राहत प्रदान गर्ने कार्यले प्रश्रय पाईरहेकाे छ ।
साेही अनुसार मंगलसेन नगरपालिकाका एक वडा सचिवले आफ्नाे जन्मदिनको अवसरमा २ जना बिरामीलाई आर्थिक सहयाेग गर्नुभएको हाे ।

Mangalsen Mun Anurodh

मंगलसेन नगरपालिका वडा नम्बर ६ तेसिंगेमा कार्यरत वडा सचिव ताराप्रसाद भण्डारीले जन्मदिनको अवसरमा वडा नम्बर ६ र ७ का २ जना बिरामीलाई आर्थिक सहयाेग गर्नुभएकाे हाे ।

हाल काठमाण्डाैमा उपचार गराईरहेका मंगलसेन नगरपालिका वडा नं ६ ठुलासैन निवासी करन महरा र रत्ना महराका छाेरा सुवास महरालाई २ हजार र मंगलसेन नगरपालिका वडा नं ७ बस्ने पुर्ण बहादुर जनालाका छाेरी निषा जनालालाई २ हजार गरि ४ हजार आर्थिक सहयाेग गरेकाे उहाँले बताउनु भयाे ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा थाेरै भए पनि राहत हाेस् र अरुले पनि सामाजिक कार्य गरून् भन्ने उद्देश्यले सहयाेग गरेकाे वडा सचिव भण्डारीले बताउनुभयो ।

यश सहयाेगले बिरामीको उपचारमा राहत पुग्ने बिरामीका आफन्तले बताएका छन् ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.