चैते दशैंमा मंगलसेन नगरपालिकामा सार्वजनिक बिदा

अछामको मंगलसेन नगरपालिकाले चैते दसैँका अवसरमा यही चैत १५ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Samajik New Add 2082

नगरपालिकाको राजपत्रमा २०७९/१२/१३ गते प्रकाशित सूचना अनुसार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय बिदा दिईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभयाे ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा आराधना सहित चैते दशैं मनाउने गरिन्छ । चैत्राष्टमीका बेला मंगलसेन नगरपालिकाकाे वडा नं १० जुपु स्थित कालिका देवी मन्दिरमा भव्य पुजापाठ र रागा बाेकाकाे बलि दिने प्रचलन छ । साथै साेहि अवसरमा देउडा न्याउले सहितको दशैं मेला लाग्ने गर्दछ ।

Leave A Reply

Your email address will not be published.