
अछाम, ५ जेठः
मंगलसेन नगरपालिकाको आयोजनामा सहकारी व्यवस्थापन तथा क्षमता विकास तालिम मंगलसेनमा सम्पन्न भएको छ । यहि जेठ ३ गतेदेखि संचालन भएको तालिमको शुक्रबार एक कार्यक्रमका विच समापन गरिएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र प्रसाद ढुंगानाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक बिर्ख बहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै बोगटीले जिल्लामै पहिलोपटक मंगलसेन नगरपालिकाले सहकारीको व्यवस्थापन र क्षमता विकासका लागि सुरुवात गरेको बताउनुभयो । सहकारीकर्मीहरुको मागलाई मध्यनजर गर्दै आगामी दिनमा पनि क्षमता विकासका अन्य कार्यक्रमहरु संचालन गरिने बताउनुभयो ।

तालिमका प्रमुख प्रशिक्षक सहकारी विज्ञ बमबहादुर बिसी अतिथि रहनुभएको समापन समारोहमा सहभागीको तर्फबाट जय बहादुर बोगटी र सरिता बिष्टले मन्तव्य राख्नुभएको थियो । सहभागीहरुले तालिममा सहकारीको व्यवस्थापन र संचालनमा प्रभावकारीता ल्याँउन र सदस्य केन्द्रित गतिविधि गर्नका लागि प्रेरणा मिलेको बताएका छन । साथै सहकारीको सैद्धान्तिक ज्ञान र कानूनी प्रावधानहरुबारे पनि जान्ने अवसर मिलेको उनिहरुको भनाई थियो । समापन समारोहको संचालन नगरपालकिाका प्रशासन सहायक होम बहादुर साउदले गर्नुभएको थियो ।
यहि जेठ ३ गते नगरप्रमुख पदम बहादुर बोहराले उदघाटन गर्नुभएको तालिममा ३ दिनसम्म सहकारीताका विविध पक्षहरुमा छलफल तथा प्रशिक्षण गरिएको थियो । तालिमको सहजिकरण सहकारी प्रशिक्षक बम बहादुर बिसी, बिष्णु प्रसाद जैशी र होम बहादुर साउदले गर्नुभएको थियो ।
केही तस्बिरहरुः
