मंगलसेन ६ मा ११ दिदे जोडि संवाद तालिम सुरु

Samajik Bal biwaha

९ जेठ, अछामः

Mangalsen Mun Anurodh

मंगलसेन नगरपालिका वडानम्वर ६ मा ११ दिने जोडि संवाद तालिम सुरु भएको छ । यु एन एफ पी ए को आर्थिक सहयोग र  पीसविन अछामको आयोजनामा तालिम आयोजना गरिएको थियो ।

वडानम्वर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भन्डारीको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा वडा सदस्यहरु र कर्मचारीको पनि उपस्थिति रहेको थियो । जोडीहरु विच सम्बन्ध सुधार ल्याउने र  सबै खाले हिंसा को न्यूनीकरण गर्ने उदेश्यले संचालित तालिममा लैङ्गिक हिंसा,  सन्चार, अधिकार र कर्तव्य, महिनावारी, समात र समानता, बिश्वास र गोपिनियता, सामाजिकीकरण र यौन तथा प्रजनन स्वास्थ्यका बारेमा छलफल भैरहेको जनाईएको छ । तालिममा वडानम्वर ६ का विवाहित २० जोडिको सहभागिता रहेको छ ।

तालिमको सहजिकरण पीसविन र भि एसओका कर्मचारी बिर्ख रावल र गगा ढुंगानाले गरिरहनुभएको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.