
लालबहादुर चदाराः
जिल्लाको मेल्लेख गाउँपालिकामा स्थानीय कृषि उपजमा आधारित बिद्यालय दिवा खाजा कार्यक्रम सुभारम्भ भएको छ । पालिका स्तरीय गाष्ठि आयोजना गरि कार्यक्रम सुभारम्भबारे जानकारी दिईएको हो ।

वाक नेपाल द्वारा संचालित विश्व खाद्य कार्यक्रम मर्सिकाेर संगकाे साझेदारी र मेल्लेख गाउँपालिकाकाे समन्वयमा कार्यक्रम संचालन भएको हो । स्थानीय किसानले स्थानीय स्तरमै उत्पादन गरेको कृषि वस्तु मिश्रण र रैथाने बालीको प्रवर्द्धन, बालबालिकाकाे खाद्य, पाेषण र सुरक्षामा सहयोग पुग्ने उदेश्यले मेल्लेखका सम्पूर्ण बिद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गर्ने लक्ष्यका साथ गाेष्ठिमा छलफल भएको थियो ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्षतामा भएको गाष्ठिमा कार्यक्रमकाे उदेश्य, प्रभावकारीता बारे परियाेजना सयाेंजक बम भट्टले जानकारी गराएका थिए । यस्तै संस्था मार्फत यस अघि भएका क्रियाकलाप र आगामी गर्नुपर्ने कामकाे बिषयमा वाक नेपाल बाेर्ड सदस्य मीन बहादुर कुवरले संक्षिप्त जानकारी जानकारी गराए ।
गाेष्ठिमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखा प्रमुख परियाेजना फिल्ड प्राबिधिक नरेन्द्र साउद लगायतको सहभागिता रहेकाे थियाे । गाेष्ठिकाे संचालन प्रशासन अधिकृत संगिता ताम्राकारले गर्नुभएको थियो ।
