विपद् पूर्व तयारी तथा प्रतिकार्य नमुना अभ्यास साँफेबगरमा सम्पन्न

Samajik Bal biwaha

मंगलसेन – बर्षायाममा पानीबाट हुने विपद न्यूनीकरणका लागि साँफेबगर नगरपालिकास्थित वुढीगंगा नदीमा विपद् प्रतिकार्य पूर्व तयारी अभ्यास गरिएको छ ।

साँफेबगर नगरपालिका–४ स्थित वुढीगंगा नदीको पक्कि पूलमा स्थलगत नमूना अभ्यास कार्यक्रम गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति अछामले प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्धारसम्बन्धी अभ्यास प्रदर्शन गरेको हो ।

पानीबाट आउने विपद् तथा यसको न्यूनीकरणका विषयमा स्थलगत अभ्यास गरिएको समितिका अध्यक्ष तथा अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेले जानकारी दिनुभयो । उहाँले यो अभ्यासले विपद आउँदा गर्नु पर्ने तयारी र चाहिने सामग्रीको वारेमा जानकारी भएको बताउनुभयो । प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने लक्ष्यका साथ पूर्वतयारीस्वरूप भौतिक रुपमा अभ्यास प्रदर्शन गरिएको प्रजिअ न्यौपानेको भनाई रहेको छ ।

जनप्रतिनिधि, सर्वसाधारण, सुरक्षाकर्मीहरूको सहभागितामा वुढीगंगा नदीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास प्रदर्शन गरिएको हो । कार्यक्रममा सहभागि जिल्ला समन्वय समितिको प्रमुख ललितबहादुर कुँवरले अछाम बाढी पहिरोको लागी जोखिम भएको बताउदै बाजुरामा बुढीगंगा नदिमा आउने पहिरोले तटीय क्षेत्र साँफेबगरमा निकै जोखिम भएको बताउनुभयो । अछामका अधिकांस स्थानिय तहले दैविक प्रकोप सम्वन्धी पूर्ब तयारी गरिरहेकोमा धन्यवाद दिनुभयो ।

Mangalsen Mun Anurodh

अछाममा विपद परेका व्यक्ति, समुदायले अझै पनि राहत पाउन नसकेको धारणा व्यक्त गर्नुभयो । यो विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यासले विपद आईहाल्यो भनेर कसरी बच्ने वारेमा सचेत गराएको समन्वय प्रमुख कुँवरको भनाई रहेको छ । मनसुनको समयमा बाढी, पहिरो लगायत विभिन्न प्रकारका सम्भावित प्राकृतिक विपत्तिहरूमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने उद्देश्यले नेपाली सेना गोरख वक्स अछाम, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गुल्म खप्तड, १९ नुवाकोट, वयलपाटा अस्पतालले संयुक्त रुपमा उद्धार गरेका थिए ।

डुबानमा परेका मानिसलाई उद्धार, राहत, प्राथमिक उपचार लगायतका प्रतिकार्य अभ्यासको प्रदर्शन गरिएको थियो । यसले मानव तथा भौतिक सुरक्षामा मद्दत गर्ने जनाइएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यासमा सिलट्यांकीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नदीमा पसेर घाइतेको उद्धार, उद्धार पछिका प्राथमिक उपचारलगायत कार्यको स्थलगत अभ्यास गरेका हुन् ।

पानी बाहिर निकाल्ने र घाइतेको मुखमा मुख जोडेर मुटु सक्रिय गराउने कार्यसमेत गरिएको छ । पानीमा डुवेकाहरूलाई सुरक्षित तवरले प्राथमिक उपचारपछि अस्पताल पु¥याउने अभ्यास गरिएको थियो ।

विपद् प्रतिकार्य पूर्वतयारी अभ्यास कार्यक्रममा साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवर, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद, वान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउद, साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर शिलोज, मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता रावल सोडारी, मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्का, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

-societysanchar

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.