गैसस मार्फत उपलव्धिमुलक कार्हरु भैरहेकोः नगर प्रमुख बोहरा

मंगलसेन नगरपालिका द्धारा आगामी आ.व. को बजेट तथा कार्यक्रम बारे गै.स.स. संग छलफल

मंगलसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमबारे गैर सरकारी संस्थाहरुसंग छलफल गरेको छ । नगरपालिकालाई कार्यक्षेत्र बनाई क्रियाशिल रहेका गैससहरुसंग समन्वय, सहकार्य र साझेदारी तथा गैससको बजेट तथा कार्यक्रम नगरको वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने विषयमा छलफल गरिएको हो ।

Samajik New Add 2082

नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको बैठकमा सहभागी गैर सरकारी संस्थाका प्रमुख प्रतिनिधिहरुले संस्था तथा परियोजनाहरुको उदेश्यबारे जानकारी गराउँदै संस्था मार्फत नगरपालिका क्षेत्रमा हालसम्म गरिएका मूख्य-मूख्य उपलव्धीको बारेमा संक्षेपमा जानकारी गराएका थिए ।

बैठकमा बोल्दै नगरप्रमुख पदम बहादुर बोहराले गैर सरकारी संस्थाहरु संगको सहकार्यमा नगरपालिकामा उर्जा, खानेपानी, महिला हिंसा न्यूनिकरण, युवा परिचालन, शैक्षीक सुधार लगायतका विभिन्न उपलव्धिमूलक सामाजिक कार्य भैरहेको बताउनुभयो । आगामी बजेट तथा कार्यक्रम केन्द्रित छलफल गर्न आयोजित बैठक पनि थप समन्वय, सहकार्य र साझेदारीका लागि निकै उपलव्धिमूलक भएको उहाँको भनाई छ । नगरपालिकामा क्रियाशिल संघसंस्थाहरुले आफ्नो पहिचान दिनेगरि काम गर्नुपर्नेमा जोड दिदै बोहराले नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।

यस्तै, नगर उपप्रमुख संगिता कुमारी रावलले सामाजिक रुपान्तरणका लागि गैर सरकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगरपालिका संगको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गैर सरकारी संस्थाहरुसंग सहज सहकार्यका लागि नगरपालिकाले ऐन तथा कार्यविधि बनायर नीतिगत रुपमै बातावरण तयार गरेको बताउनुभयो । नगरपालिकाको समृद्धिका लागि गैर सरकारी संस्थाहरुसंग लागत साझेदारीका कार्यक्रमहरु पनि गरिहेको भन्दै उहाँले आगामी दिनका लागि पनि त्यस्ता कार्यक्रमहरु भएमा बजेटमा समावेश गरिने बताउनुभयो ।

बैठकमा नगरपालिकाका लेखा अधिकृत बिष्णु प्रसाद उपाध्याय सहित नगरपालिकालाई कार्यक्षेत्र बनाई सक्रिय रहेका विभिन्न गैर सरकारी संस्थाहरुका प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बैठकको संचालन नगरपालिका संघसंस्था समन्वय शाखा प्रमुख होम साउदले गर्नुभएको थियो ।

नगरपालिकाले आगामी दिनमा गैससहरु संगको समन्वय, सहकार्य र साझेदारीलाई थप प्रभावकारी बनाउदै लैजाने नीति अनुरुप गैससहरुसंग छलफल गरिएको नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.