योजना छनोटको लागि मेल्लेख गाउँपालिका अध्यक्ष साउद गाउँ वस्तिमा

संघीय सरकार र प्रदेश सरकारले बजेट ल्याएसँगै मेल्लेख गाउँपालिका पनि बजेट पूर्व तयारीमा जुटेको छ। बजेट पूर्व तयारीसँगै चालु आर्थिक वर्षको अन्त्यमा आइपुगेकाले जनप्रतिनिधि चालु आवमा भएको कामको अनुगमन तथा समिक्षा पनि गरिरहेका छन् । स्थानीय तहहरुले १० असारमा बजेट ल्याइ सक्नु पर्ने संवैधानिक वाध्यता रहेको छ । १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् । त्यसै अनुसार मेल्लेख गाउँपालिकाका जनप्रतिनिधिहरु आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेका छन् । मेल्लख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद, उपाध्यक्ष नृपबहादुर खड्का, विषयगत शाखाका प्रमुखहरु वडामै पुगेर आगामी आर्थिक वर्षका योजनाको लागि छलफलमा जुट्नु भएको छ ।
दीगो विकासको लागि स्थानीय सहभागितालाई अनिवार्य शर्त राखेर वडामै पुगेर आगामी आर्थिक वर्षको लागि योजना छनोट गर्ने कार्य सुरु गरिएको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले जानकारी दिनुभएको छ । उहाँले जनताको आवश्यकताका आधारमा वडाबाट आएका योजनालाई प्राथमिकता दिएर आगामि आर्थिक वर्ष २०८०÷८१ को वजेट निर्माण गरिने समेत जानकारी दिनुभएको छ । सबै वडाबाट योजना प्राप्त भएपछि प्राथमिकीकरण गरिने अध्यक्ष साउदको भनाई रहेको छ।
स्थानीय तहले जनप्रतिनिधि पाएपछि नीति नियम अनुसार जनसहभागिता मूलक गराएर सुशासन र पारदर्शिता कायम हुने गरी योजना छनोट गरिने अध्यक्ष साउदको भनाई रहेको छ । उहाँले शुक्रबारबाट सुरु भएको भेलामा वडाका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, पूर्व जनप्रतिनिधि लगायत सरोकारवालाई सुझावको लागि आमन्त्रण गरिएको उहाँको भनाई रहेको छ ।
वडातहमा योजना छनौट र प्राथमिकीकरण काम सम्पन्न भएपछि त्यसैका आधारमा आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयार गरिने अध्यक्ष साउदको भनाई रहेको छ । आगामि आर्थिक वर्षका लागि खुद्रे भन्दा ठोस योजना ल्याउने अध्यक्ष रहेको छ । नागरिकबाट योजना छनोट गर्दा त्यस क्षेत्रको वास्तविक आवश्यकताका योजना छनोट हुने उहाँको भनाइ छ । जनताबाट अति आवश्यक पर्ने योजना छनोट गर्न लगाएर योजना ल्याइने बताउनुभयो । यद्यपि, गत बर्षको तुलनामा बजेट कम आएको र स्थानीय तहमा विकासको चाहना र आवश्यकता बढी भएकाले त्यसको संयोजक गर्न कठिन देखिएको उहाँको भनाई रहेको छ ।
मेल्लेख गाउँपालिका वडा नं.४ कुष्कोटका वडा अध्यक्ष चन्द्र साउदले टोल भेलाबाट प्राथमिकिरण भएर आएका योजनालाई वडा भेलाले प्राथमिकता दिने जानकारी दिनुभयो । टोल, बस्तीमा पुगेर स्थानीयका योजना लिने काम वडाबाट सम्पन्न भएको उहाँको भनाई रहेको छ । टोलमा भएको छलफलपछि आएका विकासका चाँसो आवश्यकता र बजेटको उपलब्धता अनुसार प्राथमिकतामा राखिने उहाँको भनाई रहेको छ ।
मेल्लेख गाउँपालिका निवर्तमान उपाध्यक्ष धनबहादुर शाहले गाउँपालिका अध्यक्ष आफै वस्तिमा आएर योजना छनोट गर्ने कार्य सह्ररानीय रहेको बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्ष आफै बस्तिमा आउँदा जनताको आवश्यकताका आधारमा योजना छनोट हुने विश्वास व्यक्त गर्नुभयो । यो कार्यले भनसुनबाट आउने परिपाटीको अन्त्य हुने समेत धारणा व्यक्त गर्नुभयो ।
मेल्लेख गाउँपालिकाले शुक्रबार वडा नं. ४ कुष्कोट र वडा नं. ८ हात्तिकोटमा योजना तर्जुमा सम्वन्धी पूर्व तयारी वैठक सम्पन्न गरेको छ । शनिबार वडा नं.१ गोपालेगाउँ र २ डाडांसिरी ऋषिदह, असार ३ गते ठाटी, असार ५ गते वडा नं. ६ शोडषा र वडा नं.७ नन्देगडा र असार ६ गते वडा नं.५ विन्देवासिनीमा योजना तर्जुमा सम्वन्धी पूर्व तयारी वैठक आयोजना गरिने प्रमुख प्रशासकीय अधिकृत धु्रर्वप्रसाद सापकोटाले जानकारी दिनुभयो । विकासका विभिन्न चरणमध्ये योजना छनोटदेखि विकास योजनाको अनुगमनसम्म जनसहभागिता सुनिश्चित गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाई रहेको छ ।

Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.