वाक नेपाल र सेभ द चिल्ड्रेन द्धारा मंगलसेन नगरपालिका वडा नं. ६ र ७ मा संचालित कार्यक्रमको स्थलगत अनुगमन

सेभ द चिल्ड्रेन र वाक नेपाल तथा मंगलसेन नगरपालिकाकाे साझेदारीमा संचालित पावर परियाेजना र विपद पूर्व तयारी तथा प्रतिकार्य परियोजनाका गतिविधिहरुकाे स्थलगत अनुगमन गरिएको छ । वडानम्वर ६ र ७ का विभिन्न टाेलहरुमासंचालित विभिन्न कार्यक्रमहरुको अनुगमन गरिएको हो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल (सोडारी) को नेतृत्वमा रहेको सरोकारवालाको टोलिले जनालिवण्डाली स्वास्थ्य चाैकीमा रहेकाे किशोर किशोरी मैत्री स्वास्थ्य संस्थामा अवस्थित किशोर किशोरी मैत्री स्वास्थ्य कर्नरमा रहेका सामग्रीको अवलोकन र उपयाेगकाे अवस्था बारे जानकारी लिनुका साथै जाल्पा मावि मुंग्राचाैरमा मर्मत भएको विद्यालय भवन, वडा नम्वर ६ मा निर्माण भएका १८ वडा र वडानम्वर ७ मा परियोजनाबाट निर्माण भएका ६ वटा भुकम्प प्रभावितका नवनिर्मित घर संरचना, नगरपालिका र वाक नेपालको पावर परियाेजना द्वारा निर्माण भएका शाैचालयहरुको स्थलगत अवलोकन गरिएको छ ।

अवलोकनका क्रममा टोलिले सेभ द चिल्ड्रेन र वाक नेपाल तथा मंगलसेन नगरपालिकाको साझेदारीमा संचालन भएका सबै कार्यक्रमहरु उपलव्धिमूलक रहेको निष्कर्ष निकालेको छ ।निर्माण सम्पन्न भएका संरचनाको अवस्था सन्तोषजनक रहेको र निर्माणाधिन संरचनालाई तत्काल सम्पनन् गर्न निर्देशन समेत दिईएको छ ।

अनुगमन टोलिमा नगर उपप्रमुख संगिता कुमारी रावल (साेडारी) सहित वडा नम्वर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी, वडा नम्वर ७ का कार्यवाहक अध्यक्ष मन्सरा थ्यायत, नगरपालिका शिक्षा अधिकृत जगत बहादुर रावल, महिला बालबालिका शाखा प्रमुख मञ्जु महत, स्टोर किपर नरेश बहादुर कठायत, गैसस समन्वय शाखा प्रमुख होम साउद, सेभ द चिल्ड्रेनका परियोजना संयोजक प्रेम पुन, फिल्ड अधिकृत रमिता ढुंगानाको सहभागीता रहेको थियो ।

परियोजना मार्फत वडानम्वर ४ र ५ मा संचालित गतिविधिहरुको पनि स्थलगत अनुगमन गरिएको वाक नेपालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.