मंगलसेन नगरपालिकाले माग्यो सामुदायीक संस्थाको बिवरण
गरिबी निवारण कोषद्धारा प्रवर्द्धित सामुदायीक संस्थाहरुको सम्पूर्ण विवरण ७ दिनभित्र उपलव्ध गराउनुपर्ने

मंगलसेन नगरपालिकाले गरिबी निवारण कोषद्धारा प्रवर्द्धित सामुदायीक संस्थाहरुको सम्पूर्ण विवरण खोजि गर्ने भएको छ । विभिन्न गैर सरकारी संस्था मार्फत कोषद्धारा पर्वर्द्धित सामुदायीक संस्थाहरुको विवरण सम्वन्धित संस्थाले ७ दिनभित्र उपलव्ध गराउनुपर्ने भएको हो ।
नगरपालिकाले सार्वजनिक सूचना जारि गर्दै रामारोशन विकास समाज, फेकोफन अछाम, वाड्स नेपाल र गंगोत्री ग्रामिण विकास मञ्चलाई मंगलसेन नगरपालिका अन्तर्गतका गरिबी निवारण कोषद्धारा पर्वर्द्धित सामुदायीक संस्थाहरु संचालनमा रहे/नरेहेको, लेखापरिक्षण गरे/नरगरेको र संचालकको विवरण/सम्पर्क नम्वर उपलव्ध गराउँन परिपत्र गरेको छ ।

विवरण नगरपालिका कार्यालय वा ईमेल मार्फत समेत पठाउँन सकिने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
हेर्नुहोस सूचनाः
