मंगलसेन नगरापलिका ६ मा निर्मित वायोग्याँस प्लान्टको नगर प्रमुख बोहराले गरे उद्घाटन
ग्यासप्लान्टको दिगोपनाका लागि नगरपालिकाले पहल गर्ने प्रतिबद्धता

अछाम २ भदौः
मंगलसेन नगरपालिका वडा न ६ मा निकालिएको वायोग्याँस प्लान्टको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि वायोग्याँस प्लान्टको उद्घाटन गरिएको हो ।
मंगलसेन नगरपालिका र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको आर्थिक सहयोग तथा नविकरणीय उर्जा तथा उर्जा दक्षता कार्यक्रमको प्राविधिक सहयोगमा वायोग्यास प्लान्ट निकालिएको हो । वायोग्यास हाल उक्त वडाका ६ वटा घरमा जडान गरिएको छ भने बाकी घरमा पनि विस्तारको तयारी भईरहेको नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।
वडा न ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको आशन बाट बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले फोहोर बाट मोहर निकाल्ने उदेश्यका साथ नगरपालिकाले यो कार्यको सुरुवात गरेको बताउनु भएको छ । हाम्रो घर आगनबाट निस्कने फोहोर बाट वायोग्यास उत्पादन हुने भएपछि नगरपालिकाले वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र संगको सहकार्यमा यो कार्यलाई अगाडी बढाई वायोग्यास निकालेको बताउनुभयो ।

यो सुरुवात भएकाले अब यसको दिगोपनाका लागि नगरपालिकाले पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । यही डम्पीङ साईडको कारणले वडाका अन्य विकास निर्माणमा समेत सहयोग पुगी रहेकाले यसको संरक्षण तथा सम्र्वद्धनका लागि स्थानीयले सक्रृयता देखाउनुपर्ने नगर प्रमुख बोहराले बताउनुभयो । यो कार्यले मंगलसेन नगरपालिका वडा न ६ को गरिमा बढेको भन्दै स्थानीयले पनि अपनत्व लिएर अघि बढेमा आवश्यक बजेटका लागि नगरपालिका बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको थियो ।
आफ्नो घरमा जोडिएको वायोग्यासको उचित रेखदेख गरि यस बाट राम्रो फाईदा लिन नगर प्रमुख बोहराले स्थानीयलाई सुझाव दिनुभएको छ । निशुल्क आएको हो भन्दै धेरै ठाउमा संरक्षण नगर्ने समस्या देखिएको हुदा यसलाई आफ्नै सम्पती सम्झेर रेखदेख गर्न आग्रह समेत गर्नुभएको छ । यसलाई दिगो रुपमा संचालन गरेमा यस क्षेत्रका नागरिकहरुको जिवन स्तरमा समेत सुधार आउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बावुराम पौडेलले यो वायोग्यास उत्पदान गर्न ठुलो लगानी लागेकाले यसबाट लाभ लिन जरुरी रहेको बताउनुभयो । वायोग्यास निकाल्नु मात्रै ठुलो कुरा नभएकाले यसको दिगोपनामा चुनौती रहेकाले यसका लागि स्थानीय नागरिकहरुले पनि अपनत्व लिन सुझाव दिनुभएको छ ।
वायोग्यास निकाल्न प्राविधिक सहयोग गरेको नविकरणिय उर्जा तथा दक्षता कार्यक्रमका कलस्टर संयोजक नृप बहादुर कुमालले निकै ठुलो मेहनतले यो कार्यमा सफला मिलेको भन्दै अब यसलाई दिगो रुपमा संचालन गर्न स्थानीय सरकार र नागरिकहरुले ध्यान दिनुपर्ने बताउनुभयो । नागरिकहरुको घर घरमा बिना लगानीमा ग्यास जोडिनु निकै राम्रो कार्य भएकाले अब स्थानीय सेवाग्राहीले नियमित संचालनका लागि पटक पटक रेखदेख गर्नुपर्नेमा जोड दिनुभएको छ ।
