पार्टी नेता सुध्रियर जनतामाझ आएका: नेता पुन

"जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान" अछाममा पनि उदघाटन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीन महिने अभियान अन्तर्गत “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” काे अछामका सवै स्थानीय तहमा उदघाटन गरिएको छ । सवै पालिकामा केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुकाे नेतृत्वमा विभिन्न कार्यक्रम गरि अभियानको सुभारम्भ गरिएको हाे ।

Samajik New Add 2082

अभियान उद्घाटन अन्तर्गत नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले जिल्लाकाे मेल्लेख गाउपालिकामा आयाेजित कार्यक्रमलाई सम्वाेधन गर्नुभएको छ । अछाम जिल्ला ईञ्चार्ज समेत रहेका पुनेले अभियान उद्घाटन गर्दै याे अभियानकाे नारालाई पुरा गर्न र देश समाजलाई समृद्ध बनाउन पाटि नेता सुध्रिएर जनता माझ आएका बताउनुभयाे ।
पार्टीलालाई पहिलेकै माओबादिकाे रुपमा पहिचान गराउन याे अभियान विशेष सार्थक रहने उहाकाे भनाइ छ ।

यस्तै प्रदेश कमिटी सचिवालय सदस्य खडक राेकायाले
पाटटिकाे लक्ष्य, उदेश्य, कार्यदिशा र निर्देशनमा तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गरेको बताउनुभयो । सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान वडा केन्द्रित भएको उहाँले बताउनुभयाे ।

नेकपा माओवादी केन्द्र मेल्लेख संगठन कमिटीका अध्यक्ष ज्वाला सिं साउदकाे अध्यक्षतामा साे अभियानकाे उद्घाटन गरिएको थियाे ।
संगठन कमिटी उपाध्यक्ष नारायण उपाध्यायले स्वागत गरेकाे अभियान उद्घाटन कार्यक्रमकाे संचालन सचिव गाेरख धामीले गर्नु भएको थियाे ।
उद्घाटन कार्यक्रममा मेल्लेखका नेता कार्यकर्ता काे सहभागीता रहेकाे थियोे ।

Leave A Reply

Your email address will not be published.