
अल्टिमेट मोडल नेपालको टप १५ फाईनलिस्टमा अछाम कि अस्मिता बोहरा पर्न सफल भएकी छन । क्रिजना मिडिया ग्रुपको आयोजनामा भईरहेको अल्टिमेट मोडल नेपाल नेपाल सिजन -४ मा अस्मिताले विभिन्न चरणहरु पार गर्दै टप १५ भित्र पर्न सफल भएकी हुन ।

मंगलसेन नगरपालिका ५ स्थायी ठेगाना भएकी अस्मिताले प्रतियोगितामा भाग लिएर बिजेता बन्नका लागि आफुलाई भोट गरिदिन अपिल गरेकी छन । त्यसका लागि खल्ती एपबाट अल्टिमेट मोडल नेपालको लिंकमा गएर अप्सन नम्वर १० मा भोट गर्न सकिने उनले बताईन ।
आफुलाई टप ७ मा पुर्याईदिनका लागि खल्ति एप मार्फत भोटिङ अप्सनमा गएर भोट गरिदिन उनले आग्रह गरेकी छन ।
