मंगलसेन नगरपालिका १ मा बृहत सांस्कृतिक तथा तिज बिशेष प्रतियोगिता सम्पन्न 

Samajik Bal biwaha

मंगलसेन नगरपालिका वडा न १ मा आयोजना गरिएको बृहत सांस्कृतिक तथा तिज बिशेष प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । मालिका सामुदायिक सिकाई केन्द्र र कुन्तिवण्डाली महिला बहुउदेश्यीय सहकारी संस्थाले हरितालिका तिजको अवसरमा आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम वडामा पटक पटक अप्रिय घट्ना भएपछि केही दिनका लागि पछि सारेर सोमबार कार्यक्रम सम्पन्न गरिएको हो ।

कुन्तीबण्डाली महिला बहुउदेश्यि सहकारी संस्थाका अध्यक्ष दुर्गा नाथको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष लोकराज नाथ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष नाथले महिला दिदि बहिनीहरुको महानचाड हरितालिका तिज समयमै मनाउने निर्णय भएपनी कारणबस ढिलो कार्यक्रम भएको बताउनुभयो । सधै घरायसी काममा मात्रै ब्यस्त रहने दिदि बहिनीको प्रतिभा प्रसपोटन गर्ने, क्षमता अभिबृद्धि र मनोरञ्जनका लागि ढिलो भएपनी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यो सुरुवात मात्रै भएको र आगामी दिनमा वडामा स्थानीय कला संस्कृति झल्कीने विभिन्न किसिमका प्रतियोगिताहरुको आयोजना गर्ने प्रबितद्धता जनाउनु भएको छ । यस्ता मेला पर्वको अवसरमा देउडा न्याउले खेलहरुको आयोजना गरि कला संस्कृति संरक्षणका लागि पहल गर्ने वडा अध्यक्ष नाथले प्रतिबद्धता जनाउनु भएको छ ।

Mangalsen Mun Anurodh

प्रतियोगितामा टुनीबगर बजार महिला समुह प्रथम, द्धितिय जनचेतना युवाक्लब जैधन, तृतिया प्रगतिशिल समुह लेष्टिगाड, सान्त्वना बर्खाली महिला समुह भएका छन भने कार्यक्रममा खेतगैरा आमा समुह, कुन्ती महिला समुह, सुवाखाद महिला समुहले पनि सहभागीता जनाएका थिए । प्रतियोगितामा विभिन्न स्थान हासील गर्ने टिमहरुलाई नगद पुरस्कार समेत वितरण गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य हंस थापा राना बिशिष्ट अतिथि रहनुभएको थियो भने वडा सदस्य चन्द्रकला जैगडी, नेपाली काग्रेसका चन्द्रे जैगडी, एमालेका लक्षीराम जैगडी, माओवादी केन्द्रका कमल बहादुर थापा, नेकपा एकिकृत समाजवादीका खडग जैगडी, मालिकासामुदायीक सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउद र रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले मन्तव्य राखुनएभको थियो । यस्तै कार्यक्रममा शिक्षक महासंघका नगर सदस्य करन राना, मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक पम्फा रावल, जाल्पादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक रेखा नेपाली, कुन्ती माविका शिक्षक दिलिप थापा, प्रगतिशिल आधारभुत विद्यालयका शिशक गोपाल जैगडी लगायतका अतिथि रहनुभएको थियो ।

कविता जैगडीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन मालिका सामुदायिक सिकाई केन्द्रका सदस्य सचिव तथा सहकारी संस्थाका सचिव निर्मला पालले गर्नुभएको थियो । मालिका सामुदायीक सिकाई केन्द्र, कुन्तीण्डाली महिला बहुउदेश्यि सहकारी संस्थाको आयोजना र वडा कार्यालयको आर्थिक सहकार्यमा कार्यक्रमको आयोजना गरिएको डण्डी प्रसाद ढुंगानाले जानकारी दिनुभएको छ ।

केही तस्बिरहरुः

 

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.