

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिबेशनका लागि अछाम जिल्लाका १० वटै पालिकाबाट भोली प्रतिनिधी चयन हुने भएका छन । प्रदेशको असोज २१ र २२ गते धनगढीमा हुने अधिवेशनका लागि भोली एकसाथ प्रतिनिधी छनोट हुने भएका हुन ।
प्रतिनिधी छनोट हुनका लागि सबै किसिमको आर्थिक लेवि चुक्ता भएको हुनु पर्ने, खुल्ला प्रतिनिधीको हकमा सदस्यता प्राप्त गरेको ७ बर्ष पुग्नुपर्ने र महिला, दलित, आदिवासी जनजाति र अल्पसंख्यकको हकमा सदस्यता प्राप्त गरेको ५ बर्ष पुगेको दायरा रहेको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताउनु भयो ।
प्रतिनिधी छनोट कार्य अन्तरगत भोली असोज १५ गते अछाम जिल्लाबाट दलित समुदायको हकमा प्रतिनिधि छनोटको लागी निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा १को साफेबगर नगरपालीका र २ को बान्नीगढी जयगढ गाउँपालीका र क्षेत्र नं. २ प्रदेश सभा १ को कमलबजार नगरपालीका र २ को मंगलसेन केन्द्र तोकीएको र खुल्ला तर्फका प्रतिनिधी सबै सम्बन्धीत पालीकाबाट चुनिने बोहराले बताए ।
प्रतिनिधि छ्नौट गर्दा दलित समुदायको सदस्य संख्या घटाइ खुला तर्फ १०० जना पार्टी सदस्य १ जना, शेष संख्या ५० हुँदा थप १ जना र प्रतिनिधि ३ जना भएमा १ जना महिला ३३ प्रतिशत तथा दलित समुदायको हकमा ७५ जना पार्टी सदस्य बराबर १ जना शेष संख्या ५० प्रतिशत नाघेमा थप १ जना जान पाउने मापदण्ड रहेको एमाले अछामका सचिव भीम बहादुर रावलले जानकारी दिनु भयो ।
