माओवादी केन्द्रका सुदूरपश्चिम ईन्चार्ज आचार्य अस्वस्थ, हेलिकप्टरबाट नेपालगंज लगियो

अछामः

Samajik New Add 2082

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्यकाे स्वास्थ्यमा समस्या देखा परेकाे छ । ३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम आईपुगेका आचार्यको एक्कासी स्वास्थ्यमा समस्या देखिएपछी बयालपाटा अस्पतालमा उपचार पछी थप उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगंज लगिएको हो ।

“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को समिक्षा तथा प्रशिक्षणात्म बैठकका क्रममा वैतडीको कार्यक्रम सकेर अछाम आईपुगेका आचार्यकाे बुधबार बिहान एक्कासी स्वास्थ्यमा समस्या देखा परेकाे जनाईएको छ । बिहान उठेर नुवाई धुवाई पछी लुगा लगाएर हिड्ने तयारी गर्दै गर्दा एकाएक बोलचाल बन्द भएको माओवादी केन्द्रका अछाम जिल्ला ईञ्चार्ज ओम प्रकाश पुनले बताउनुभयो । चिकित्सकका अनुुसार ईञ्चार्ज आचार्यलाई ब्रेन स्टपको समस्या भएको जिल्ला ईञ्चार्ज पुनले जानकारी दिनुभयो ।तत्काल बयलपाटा अस्पतालमा सामान्य उपचार पछि जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा सेनाको हेलिकोप्टरबाट नेपालगंज पठाईएको छ ।

नेता आचार्य सहित माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता खगराज भट्ट लगायतका नेताहरुले आज रामारोशनको कार्यक्रममा सहभागीता जनाएर भोलि (असोज १८ गते) जिल्ला स्तरिय प्रशिक्षणात्मक कार्यक्रममा सहभागिता जनाउने कार्यतालिका थियो । आचार्य अस्वस्थ भएपछी नेकपा माओवादी केन्द्र अछामले सो कार्यक्रम समेत स्थगित गरेको छ ।

Leave A Reply

Your email address will not be published.