घर रित्तो जमिन बाझो

Purnima Mobile
Samajik Bal biwaha

बालाराम उपाध्यायः

Mangala Bharna

नेपाल पृथ्वी मा एउटा पृथक पहिचान बोकेको मुलुक हो । जो प्राकृतिक सम्पदाको हिसाबले होस्, धार्मिक सम्पदा को हिसाबले होस् या सास्कृतिक हिसाबले, हामी नेपाली हाम्रो सस्कार र सस्कृति प्रति गर्भ गर्छौ । संसार मै फरक पहिचान बनाउन सफल यस देश प्राकृतिक सम्पदा ले धनि छ । हाम्रा चाड पर्ब, मेला, आफ्नै रिति रिवाजमा आधारित छन् । यिनको आफ्नै महत्व छ । हाम्रा चाड पर्ब आउनै लाग्दा गाउँ घर मा छुट्टै रौनक हुन्थ्यो, घर परिवार इस्ट्मित्र वा आफन्त सित को भलाकुसारि को अवसरको रूपमा लिइन्थ्यो ।

Mellekh RM1
Saud Agro Kailash

बुढापाका र नौ जवान हरुको संसर्गमा रमाइलो गरिन्थ्यो । आज गाउँ त्यहि, ठाउँ त्यहि, समाज त्यहि, उहि चाड, उहि पर्ब, तर के गर्नु गाउँमा घर रित्तो छन्, घर खेत बाझै छन् । नौ जवान देखिन्नन । सात समुन्द्र पारि गएका नौ जवान लाई पनि लाग्दो हो, आफ्नो गाउँ जाऔ दशै जस्तो चाडमा मान्यजनको हात बाट टिका जमारा को साथै आशिर्वाद थापौ । आफ्नै दिदीबहिनीको हात को सप्तरङ्गि टिका थापौ, मखमलि सयपत्री फूल को माला पहिरऔं ! लामो समय देखि बिछोडिएका आफ्ना बालापनका संगीसाथीहरू संगै रमाइलो गरौं, आमाले अत्यन्तै मायाले खुबै मिहेनत गरेर पकाएको सेल रोटि खाऔ, तर के गर्नु ! आमा लाई के आफ्नो सन्तान लाई आफ्नै नजिकमा राखेर आफैले पकाएको खाना खुवाउने कम्ता इच्छा नहुँदो होला त ? चाहना र रहरले मात्रै सबै कुरा कहाँ पुग्दो रहेछ त ! यहाँ त बाध्यता छ । गाउँमा जवान मान्छे खोजे भेटिन्नन ! बरु खाडिमा भेटिनेलान, यूरोप अस्ट्रेलिया भेटिएलान । यहाँ भन्दा अन्त पनि भेटिएलान तर हाम्रो आफ्नो गाउँमा भेटिन्नन ।  हाम्रा खेत गरा सबै बाझै छन् घरहरु सबै रित्तै छन् ।

यो क्रम घट्दो हैन बढ्दै गैरहेको छ।यस्तै हो भने यो देश मा कोहि बस्दैनन् । यस् को कारण बारे नीतिनिर्माता हरुमा चासो र चिन्ता देखिदैन । बेलैमा योजना बद्ध नीति र कार्यक्रम ल्याउन सकिएन भने जनशक्ति सबै बिदेश पलाएन हुदैछ्न । यो देश मा केहि छैन,केहि हुने वाला छैन,कसैको भबिस्य सुन्दर छैन । भन्ने भाष्य सृजना गरिदैछ । गाउँमा जन्ति र मलामि जाने मान्छे त छदै छैनन् । बा आमाको काज किरिया गर्ने छोराको पर्खाईमा लास नै मसान घाट लिने दिनको अत्तोपत्तो हुदैन ।

यसले देशमा कस्तो प्रभाव पार्ला ?  के समाजबादको यात्रा यस्तै किसिम ले तय होला त ?  नेपाल जस्तो देशको लागि यो अत्यन्तै असाधारण अवस्था हो । यसले देश विकासमा दूरगामि प्रभाव पार्छ । यसको लागि राजनीतिक दलहरु र सरकार जिम्मेवार हुनुपर्छ । त्यस कारण सरकारले गाउँमा नजर लगाओस र युवा युवतीलाई बिदेश पलायन हुन बाट रोकोस । जहाँको घर रित्तो र जमिन बाझो नहोस् ।

(लेखक उपाध्याय नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.