गणेश थापा, अछाम २० असाेज ।
लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तरगत दोस्रो चरण अन्तरगत लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल कार्यक्रम मंगलसेन नगरपालिका वडा न. ६ डाडागाउँमा सम्पन्न भएको छ । युएनएफपीएको आर्थिक सहयोग, भियसव र पीसविन नेपालको सहयोगमा छलफल सम्पन्न भएको हो ।
छलफलका क्रममा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तरगत दोस्रो चरणको बारेमा जानकारी लैंगिक तथा सामाजिक मुल्य मान्यता रुपान्तरण सम्बन्धि अन्तरक्रियाका बारेमा छलफल भएको थियो ।
लिंग र लैंगिकता, लैंगिक विभेदमा आधारित हिंसा, हिंसाका प्रकार, असर र परिणामहरु असमान शक्ति सम्बन्ध र यसका कारण हुने लैंगिक हिंसा रेफरल निकाय र स्थानीय लैंगिक हिंसा निवारण कोष सम्बन्धि छलफल गरिएको थियो । यस्तै छलफलमा हिंसा रोकथाम गर्ने र हिंसा प्रभावितहरुलाई सहयोग गर्ने समुदायमा आधारित संघ संस्थाहरुको भुमिका र जिम्मेवारी लगाएतका विषयमा छलफल भएको थियो ।
उखुडाडा कबुलियती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नगेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको छलफल कार्यक्रमका प्रमुख अतिथि मंगलसे नगरपालिका वडा न. ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी रहनुभएको थियो । यस्तै छलफलमा बन समिती सचिव अमर भण्डारी , सामुदायिक वन उपभोक्ता समूह डाडा गाउँ सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
छलफलको सहजीकरण पीसविनका सामुदायिक स्वयम सेवक गंगा ढुङाना र गणेश बहादुर थापाले गर्नु भएको थियो ।