अछामको प्रसिद्ध डौठेगडा मेला जारी

चक्र प्रसाद जैसी, मंगलसेन – अछामको प्रसिद्ध डौठेगडा मेला आज लागीरहेको छ । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ स्थित गाज्रामा हरेक वर्ष कार्तिक शुक्ल पूर्णीमाका दिन लाग्ने डौठेगडा मेला यसवर्ष पनि भव्य रुपमा लागिरहेको हो ।

Samajik New Add 2082
अछाम जिल्लामा लाग्ने विभिन्न् मेला तथा जात्राहरुमध्ये प्रसिद्ध र चर्चित यस मेलामा बिशेषगरी आफ्नो मनोकाक्षा पुराहोस् भनेर राँगा बोकाको बली समेत दिने प्रचलन रहेको छ । बरदादेवी माताको शक्तिका कारण आफ्नो मनोकामना पूर्ण हुने विश्वासका साथ मानिसहरु अछामसहित विभिन्न छिमेकी जिल्लाहरुबाट आएर राँगा बोकाको बली दिनुका साथै पुजा अर्चना गर्ने गर्दछन् ।तत्कालिन समयमा नेपालमा बाईसे चौबीसे राज्य भएको बेला खप्तडी खड्का सीकिन्दर खड्काको पाला देखि नै डौठेगडामा मेला सुरुवात भएको ईतिहास रहेको छ । मेला भर्न अछामसहित डोटी, बाजुरा, कैलाली, कञ्चनपुर, कालीकोट, सुर्खेत लगायतका ठाँउबाट पनि दर्शनार्थीहरु सहभागी हुने गर्दछन् । बिशेषगरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बासिन्दा डौठेगडा मेला भर्न आउने गरेको पाईन्छ ।

मेलामा पुजाआजा सहित स्थानिय डेउडा, न्याऊले खेल लगाएर कार्तिक शुक्ल पूर्णीमाको रातभर रमाईलो गर्ने चलन छ । पुर्णीमाको भोलिपल्ट विहानसम्म पनि खेल लाग्ने गरेको छ । यसैबिच यसवर्ष मेलाको भोलपल्ट ‘हुड्केली’ नाच सहित देउडा खेल हुने भएको छ । स्थानीय संस्कृति लोप हुदै गरेकोले संरक्षणमा टेवा पुगोस् भनेर हुड्के नाच सहित देउडा खेल हुने डौठेगडा मेला ब्यवस्थापन समिति अध्यक्ष भरत बहादुर खड्काले जानकारी दिनुभयो ।

मेलाको भोलिपल्ट बिगतमा ‘हुड्केली’ नाच देखाईदै आएकोमा हुड्के अभावमा नाच रोकिएको थियोे । यसपटक अछामी हुड्के हंस परियारले ‘हुड्केली’ नाच देखाउने मेला ब्यवस्थापन समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.