सहकारी संस्थाका शेयर सदस्य स्वर्गीय भण्डारीका परिवारलाई क्रिया खर्च हस्तान्तरण

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मंगलसेन शाखाले शेयर सदस्य स्वर्गीय जयन्ती तिमिल्सिना भण्डारीका परिवारलाई क्रिया खर्च हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य जयन्ती तिमिल्सिना भण्डारीको २०८० मंसिर १ गते ३४ बर्षको अल्पायुमै निधन भएपछी भण्डारीका परिवारलाई संस्थाको सदस्य सुरक्षण कार्यक्रम अन्तरगत २५ हजार क्रिया खर्च उपलब्ध गराईएको संस्थाका मंगलसेन शाखा प्रमुख रमेश बहादुर सोडारीले बताउनु भयो ।

Samajik New Add 2082

भण्डारीको १३ औं दिनको काजकिरियाकै क्रममा मृतकको घरमा पुगेर संस्थाको नियम अनुसार शाखा प्रमुख सोडारीले मृतकका परिवारलाई २५ हजारको चेक र सम्झना स्वरुप फोटो हस्तान्तरण गर्नु भएको थियो ।  

शेयर सदस्य सुरक्षण अन्तर्गत संस्थाले सदस्यका छोराछोरीको जन्मदेखी सदस्यको निधन सम्म तथा नेपाल सरकारले तोकेका घातक रोगको उपचार देखि सदस्यका छोराछोरीको अध्ययनमा सहायताका लागि छात्रवृत्ति कार्यक्रम समेत संचालन गरेको बताउदै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहयोग हुदै आएको समेत सोडारीले बताए ।

 किसान बहुउद्देश्यीय सहकारी संस्था २०५२ सालमा कैलालीको लम्कीमा स्थापना भई हाल सुदुरपश्चिम प्रदेशका ६ जिल्ला तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्लाबाट आफ्ना सेवाहरु प्रवाह गर्दै आइरहेको छ । संस्थामा हाल करिब ७९ हजार शेयर सदस्य आबद्ध रहेका छन । संस्थाले बिगत लामो समयदेखि बित्तिय तथा गैर बित्तीय सेवाहरु संचालन गर्दै आइरहेको छ । समृद्धिका लागि समुदाय संगसंगै भन्ने नाराका साथ संस्था अगाडी बढिरहेको छ ।

Leave A Reply

Your email address will not be published.