पावर परियोजना सल्लाहकार समितिको बैठक तथा बार्षिक समिक्षा मंगलसेनमा सम्पन्न

विपन्न समुदायका लागि परियोजनाले गरेको काम उपलब्धिमुलक रहेको सरोकारवालाको भनाइ

Samajik New Add 2082
कार्यक्रमका सहभागीले परियोजनाले समुदाय स्तरमा गर्ने काम तथा संन्चालित कार्यक्रमले आर्थिक रुपमा समस्यामा परेका बालबालिका, विपन्न, अपांगता भएका व्यक्तिको क्षेत्रमा ठुलो टेवा पुगेको बताएका छन् । उनिहरुले यस्ता कार्यक्रममा छनोट गर्दा वडाको समन्वय अनुसार गरे प्रभावकारी हुने भन्दै कुनै कार्य तथा कार्यक्रम पश्चात् अनुगमनको पाटोलाई ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा अथितिको रुपमा बोल्दै षोडसा देवि माविका प्रधानाध्यापक मदन बहादुर कुवरले बिधालयमा संचालनमा रहेको क्यचअफ कार्यक्रम राम्रो भएको बताउनुभयो । यो कार्यक्रमले बिधार्थिले बिधालय छोड्ने दरमा पनि कमि आएको बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

वडाध्यक्षको तर्फबाट बोल्दै वडा नम्बर ३ का अध्यक्ष बृख बहादुर बोगटीले परियोजनाले गरेका कामको पहिलो अनुगमनमा गएको भन्दै यो परियोजनाले गरेको काम प्रति खुशी व्यक्त गर्नुभयो । त्यस्तै मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले विपन्नको क्षेत्र लगाएत जनशक्तिको अभावमा नगरले गर्न नसकेका काम पनि यो संस्थाले त्यो समुदायसम्म पुगेर गरेको भन्दै धन्यवाद दिनुभयो ।

परियोजनाले गरीरहेका कामका बारेका वाक नेपालका संयोजक महादेव ओझाले जानकारी गराउनु भएको थियो । परियोजनाले युवा उद्ममीलाई जीवन उपयोगी सीप मुलक तालिम, बिधालयमा जीवन उपयोगि सिपको कक्षा संचालन, समुदाय स्तरमा बालविवाह सम्बन्धि सचेतना सत्र, समुदायमा कार्यमुलक साक्षरता, स्वास्थ्यकर्मीलाई तालिक, बिधालयमा कक्षा ९ का बिधार्थिलाई क्याच अफ क्लास दिने गरेको छ ।

वाक नेपाल, सेभ द चिल्ड्रेन र बालगारीको सहयोग तथा मंगलसेन नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहराले परियोजनाले गरिब बिधार्थिलाई बिधालयमा आयआर्जनमा महत्वपूर्ण काम गरेको बतानुभयो । सचेत नागरिकले यस्तो कार्यक्रमको अपनत्व लिन सक्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा वडाध्यक्षहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । सेभ द चिल्ड्रेनका प्रेम पुनले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन रमिता ढुंगानाले  गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.