सुदुरपश्चिम अब विकासमा पछाडी पर्न हुँदैन : एमाले अध्यक्ष ओली

लोकतन्त्रको कार्यान्वयन र देशको विकास एमालेबाट मात्रै सम्भव रहेको एमाले अध्यक्ष ओलीको दाबी

मंसिर १६ शनिबार , (चक्र प्रशाद जैसी )
मंगलसेन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदुरपश्चिम अब पछाडी पर्न नहुने बताउनु भएको छ ।

Samajik New Add 2082

विविध कारणले सुदुरपश्चिमलाई प्राथमिकतामा नपारेर पछाडी पारिएको भन्दै अध्यक्ष ओलीले ईतिहासमा यस क्षेत्रले गरेको अमुल्य योगदानको भने कदर गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको झुलाघाट–चिवाभन्ज्याङ सम्वृद्धीका लागि संकल्प यात्राको क्रममा आज अछाम सदरमुकाम मंगलसेनमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यहाँ रहेका विकासका सम्भावनाको अध्ययन गरी विकासको मार्गतर्फ लैजानु पर्ने भन्दै अब सुदुरपश्चिम पछाडी पर्न नहुने बताउनुभयो ।

एमालेले एकैपल्ट देशभर ३ सय ९६ अस्पतालहरुको स्थापना गरेको भन्दै उहाँले नेपालको विकास अब एमालेबाट मात्रै सम्भव रहेको बताउनुभयो । नेपाललाई पछौटे राष्ट्रबाट विकसित राष्ट्रको रुपमा विकास गर्न ढीला गर्न नहुने उहाँको भनाई छ । लोकतन्त्रको मर्म बुझेको पार्टी एमाले मात्र भएकाले लोकतन्त्रको कार्यान्वयन पनि यही पार्टीले गर्ने उहाँको दाबी छ । कृर्षीको आधुनिकिरकण, उद्योगधन्दाको स्थापना, खानेपानीका आयोजना निर्माण, विपन्न महिलाहरुका लागि उद्यमशिलताका कार्यक्रम लगायतका थुप्रै विकासका काम गरेको भन्दै उहाँले सम्वृद्ध नेपाल सुखी नेपाली एमालेको गन्तव्य भएको भन्दै त्यो पुरा गरेरै छोड्ने बताउनुभयो ।

सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले आफ्नो पाटीर्ले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको समेत बताउनुभएको छ । उहाँले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने बताउनुभयो । मिशन ८४ मा एमालेले एक्लै बहुमत नल्याए देश बर्बाद हुने उहाँको दाबी छ । त्यसैले पनि आगामी निर्वाचनमा देशका हरेक तहमा एमालेले ५१ प्रतिशत मत ल्याउनेगरी तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गर्नुभो । यस्तै उहाँले संकल्प यात्राका क्रममा सुदुरपश्चिममा एमालेले पाएको सम्मानको लागि धन्यवाद समेत ज्ञापन गर्नुभयो । यात्राका क्रममा ओलीले आज अछामको बैधनाथ धाम मन्दीरमा दर्शन गर्नुका साथै बयलपाटा अस्पतालको अवलोकन समेत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.