३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मंगलसेन बजारमा र्‍याली

अपांगता भएका व्यक्तिहरुलाई अपहेलना गर्ने प्रवृती अब अन्त्य हुनुपर्छ : उप-प्रमुख सोडारी

Purnima Mobile
Samajik Bal biwaha

१७ मङ्सिर ( चक्र प्रशाद जैसी ) मंगलसेन – दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको एैक्यवद्धता भन्ने नारा सहित अछाममा अपांगता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस आज मनाईएको छ ।

Mangala Bharna

अपांग उत्थान समूह अछामको आयोजना तथा वाक नेपाल, आईपास, सेभ द चिल्ड्रेन, आस्था नेपाल लगाएतको सहयोग र सहकार्यमा मंगलसेन बजार हुँदै खुल्ला मंञ्च पुगेको र्‍याली मंगलसेनको वडा नम्बर ५ को सभाहलमा पुगेर सम्पन भएको हो ।

Mellekh RM1

समुहका उपाध्यक्ष खिन्तु बिकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै मंगलसेन नगरपालिका उप–प्रमुख संगिता रावल सोडारीले फरक क्षमता भएका तथा अपांगता भएका व्यक्तिहरुलाई अपहेलना गर्ने प्रवृती हालसम्म पनि समाजमा कायम रहेको भन्दै यो मानसिकता हटाएर समान व्यवहार गर्नुपर्ने बताउनुभयो । अपांगता भएका व्यक्तिहरुका लागी नगरपालिकाले सहयोग गरिरहेको भन्दै उहाँले अपांग उत्थान समुहको भवन निर्माणमा सहयोग र भवनसम्म सडक यो बर्षभित्र पुग्ने दाबी गर्नुभयो ।

Saud Agro Kailash

यस्तै कार्यक्रममा अथितीका रुपमा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले नेपालको संबिधानमा समानता, सामाजिक न्याय, सामाजिक सुरक्षाको हकमा समेटेर राज्यले नितिगत ग्यारेन्टी गरेपनि कार्यान्वयनमा ति अधिकारहरु सुनिश्चित हुन नसकेको बताउनुभयो । सामाजिक हक अधिकारहरु सुनिश्चित हुनका लागि राज्यका सबै जिम्मेवार पक्षहरु, संघसस्था, राजनितीक नेतृत्व, सरोकारवाला लगाएत सबैको हातेमालो हुन जरुरी रहेको उहाँको भनाई छ । अपांगता भएका व्यक्तीहरुको हक अधिकार प्रत्याभुती गर्ने देखी समाबेशीकरणमा ल्याउने नितीगत कुराहरुमा आफु प्रतीवद्ध रहेको उहाँले बताउनुभयो ।

दिवसको अबसरमा वाक नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा षोडसा देबि माविमा अध्ययनरत अपांगता भएका बिधार्थिहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । ५ जना बालबालिकालाई झोला, बे्रल पेपर हस्तान्तरण गरिएको छ ।

कार्यक्रमा बोल्ने बक्ताहरुले अहिलेसम्म पनि अपांगता भएका व्यक्तिहरुका लागी अपांगमैत्री संरचना बन्न नसकेको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । उनिहरुले अहिले पनि फरक क्षमता भएका व्यक्क्तीलाई हेर्न दृष्टीकोण फरक रहेको भन्दै सबैले उनहिरुप्रति सम्बेदनशिल हुन अबस्यक रहेको बताएका छन् ।

कार्यक्रममा वडा नम्बर ४ का वडासदस्य तथा कार्यवहाक वडाध्यक्ष सुरत कामि, ईलाका प्रहरी चौकी मंगलसेनका ईन्चार्ज जगत बोहरा, षोडसा देबी माविका प्रधानाध्यापक मदन बहादुर कुँवर, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतीनिधी, विभिन्न पार्टिका प्रमुख तथा प्रतीनिधी, अपांगता भएका व्यक्तीहरु, बाल क्लबका प्रतीनिधी, बिधार्थी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । अपांग उत्थान समूह अछामका सल्लाह संयोजक रुद्र बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन समूहका सिबिआर सहजकर्ता शंकर बिकले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.