साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिवल प्रतियोगिता सुरु

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

१९ मंसिर,अछाम

Mangala Bharna
      राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला माथि हुने हिंसा मध्ये अधिकांश घट्ना घर तथा आफन्तबाट हुने गरेको बताउनुभएको छ । साँफेबगरमा सम विकास नेपालको आयोजना सुरु भएको पालिका स्तरीय महिला खुल्ला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष पराजुलीले महिला आफन्त तथा परिवारका सदस्यबाट असुरक्षित हुने र हिंसामा पर्ने गरेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय महिला आयोगका आएका ८० प्रतिशत उजुरी महिला हिन्सा भएको उहाँको भनाई रहेको छ । महिला हिंसा न्युनिकरणका लागि पीडकलाई तिरस्कार गर्ने र पीडितको सहयोगका लागि समाज एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले अझै पनि महिला हिन्सा घट्नाहरु वाहिर नआउने समेत गरेको बताउनुभयो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष पराजुलीले महिलाको लागि आयोजना गरेको खेलकुद प्रतियोगिताले शसक्तिकरणमा मद्दत पुग्ने जिकिर गर्नुभयो । यस्ता प्रतियोगिताको आयोजना विद्यालयबाट सुरुवात गर्नु पर्ने समेत धारणा व्यक्त गर्नुभयो ।
सम विकास अध्यक्ष सत्य स्वाँरको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्का रहनुभएको थियो । उद्घाटन कार्यक्रममा वोल्दै प्रदेश सभा सदस्य खड्काले यो प्रतियोगिताले महिलाको प्रतिभा खोजिको लागि मद्दत पुग्ने बताउनुभयो । यसले महिलाको शारिरीक मानसिक विकाससँगै क्षमता विकासको लागि समेत सहयोग पुग्ने बताउनुभयो ।
महिला खेलाडीको पहिचाहन गरि महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको सम विकास नेपालका कार्यकारी निर्देशक पशुपती कुँवरले जानकारी दिनुभयो । महिला खेलाडीहरुको अभाव भइरहेको अवस्थामा महिला खेलाडीहरुलाई प्रोत्साहनका साथै दक्ष महिला खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहले १ लाख ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र, द्वितीय हुने समूहले ८० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र, तृतीय हुने समूहले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र र सान्त्वना हुने समुहलाई २० हजार नगद सहित प्रमाण–पत्र पाउने आयोजक संस्थाका अध्यक्ष सत्य स्वाँरको भनाई रहेको छ । उद्घाटन प्रतियोगितमा आयोजक सम विकास नेपाललाई पराजित गर्दै तुर्माखाँद गाउँपालिका विजयी भएको छ ।

पालिका स्तरीय महिला खुल्ला भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवर, उपप्रमुख शिवबहादुर कुँवर शिलोज, मंगलसैन नगरपालिका उपप्रमुख संगिता रावल सोडारी, वान्नीगढी जयगड गाँउपालिका उपाध्यक्ष विन्दु रावल, चौरपाटी गाउँपालिका उपाध्यक्ष सरदेवि खड्का, तुर्माखाँद गाउँपालिका उपाध्यक्ष विमला शाही, नेकपा एमालेका अध्यक्ष चन्द्र वोहरा, सचिव भीम रावल, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य रामबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । संस्थाका सचिव रुपा नेपालीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष दुधकला विष्टले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.