लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको मंगलसेनमा समापन

हिंसा बिरुद्ध कानुन छ, कार्यान्वयन हुदैन : प्रतिनिधि सभा सदस्य शाह

Purnima Mobile
Kirci Gyan Kendra

२४ मंसिर,(चक्र प्रशाद जैसी ) मंगलसेन – अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य संघिय सांसद पुष्प बहादुर शाहले हिंसाका बिरुद्ध कानुन बनेपनि कार्यन्वयनमा फितलोपन देखिएको बताउनु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन आज मंगलसेनमा आयोजत समापन कार्यक्रममा प्रमुख अथितीको रुपमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

Samajik New Add 2082

हरेक वर्ष नोभेम्वर २५ देखि डीसेम्बर १० सम्म मनाईने अभियानको क्रममा अछामका १० वटै स्थानीय तहमा बिभिन्न रचनात्मक कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईएको छ । सो अभियान समापन कार्यक्रममा शाहले अछाममा छाउपडि प्रथा, बाल बिवाह, बृदबृद्धाहरुले समानताको हकमा न्याय नपाएका थुपै्र घटना रहेको र कानुनलाई उल्लंघन गर्ने प्रवृत्ती समाजमा बढि रहेको बताउदै पछौटेपन, गरिबि, अशिक्षा, अज्ञानताका कारणले हिंशाका घटना बढिरहेको बताउनुभयो ।

Mellekh RM1

अहिले जाने बुझेका र पहुचमा पुगेका व्यक्तीहरुबाटै बढी हिंसा हुने गरेको भन्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । हिंशा न्युनिकरणको लागी सबै एकताबद्ध भएर लागी रहेको बताउदै यसमा समाजका सबै वर्गहरु लाग्नुपर्नेमा उहाँको जोड थियो ।

Saud Agro Kailash

कार्यक्रमका अतिथि प्रमुख जिल्ला अधिकारी सरद कुमार पोख्रेलले विश्वमा सन् १९१० बाट यो दिवस मनाउन थालिएको स्मरण गराउदै जस अन्तरगत नेपालमा नेपालमा पनि यो दिवसलाई अभियानकै रुपमा मनाउन थालिएको बताउनुभयो । सभ्य समाज निर्माणको लागी समाजमा हुने यस्ता लैगिक हिंशा, लागुऔषद ओसारपसार र सेवन तथा खरिदबिक्री, घरेलु मदिरा, जुवातास, बालविबाह, बहुबिबाह, छाउपडि कुप्रथा, देउकि, धामि, बोक्सी जस्ता प्रथाहरु विद्दमान रहेकाले यसलाई चिरेर स्थानिय तह र प्रहरीले मानिसको बढी सहभागिता हुने ठाउँमा सचेतनाका कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै मंगलेसेन नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा वडा नम्बर ३ का वडाध्यक्ष बृख बहादुर बोगटीले अहिले मंगलसेन नगरपालिकाको न्यायीक समितिमा र सेफहाउसमा हिंसाका घटना बढेपनि पहिलेको भन्दा केही कम भएको बताउनु भएको छ । बिशेष गरेर महिलाहरु अहिले बोल्न सक्ने, आफ्नो अधिकारका लागि आवाज उठान सक्ने भएकाले समाजमा गुम्सिएर बाहिर आउन नसकेका हिंशा सम्बन्धि घटना अहिले बाहिर आउन थालेको बताउनुभयो । हिंसा अन्त्य गर्नको लागि एक अर्कालाई दोष नदिई आफ्ना बानि, व्यवहार सुधार गर्नुपर्ने भन्दै मंगलसेन नगरपालिकाले लैंगिक हिंसा सम्बन्धि छुट्टै योजना बनाएर अघि बढेको उहाँको दाबी छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले महिला आफ्नो हक अधिकारका लागि बोल्न सक्ने भएकाले पहिलेका भन्दा हिंसाका घटना सम्बन्धमा उजुरी दिने क्रम बढेकाले राज्यले यतातिर पनि विशेष ध्यान दिनुपर्ने बताएका छन् । हिंशा महिला पुरुष दुबैलाई हुन सक्ने भएकाले यसमा एक अर्कालाई दोष लगाउनु भन्दा हिंसा निबारणको लागि सबैले आ–आफ्नो ठाउबाट जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

यस्तै कार्यक्रममा वडा नम्बर ४, ५, ३ का महिलाहरुले देउडा गित मार्फत महिला अधिकार र हिंसा न्युनिकरण सम्बन्धि जनचेतनामुलक गित प्रश्तुत समेत गरेका थिए । नगरपालिका र वडा नम्बर ५ का वडाध्यक्ष झंकर प्रसाद भाटले ३ वटै टिमलाई पुरस्कार प्रदान गर्नुभएको छ । मंगलसेन नगरपालिकाको आयोजनामा भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २०८० समापन तथा देउडागित कार्यक्रमको अध्यक्षता वडा नम्बर ३ का अध्यक्ष बोगटीले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष झंकर प्रशाद भाट, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख षन्तोश पाठक,नेपाल विद्यार्थी संघ अछामका बम बहादुर स्वार, महिला मानव अधिकार रक्षक संजालका उपाध्यक्ष सरिता उपाध्याय,वडा सदस्यहरु विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतीनिधी, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतीनिधी, बाल क्लबका प्रतीनिधी, शिक्षक,बिधार्थी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन मंगलसेन नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखा प्रमुख मन्जु महतले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.