पिसविन अछामको छैठौ साधारणसभा मंगलसेनमा सम्पन्न

संस्थाले गरेका कामप्रति सरोकारवालाको सकारात्मक प्रतिक्रिया

Purnima Mobile
Samajik Bal biwaha

२६ मंसिर,मंगलसेन – पिसविन अछामको छैठौ साधारण सभा मंगलबार आज सम्पन्न भएको छ ।

Mangala Bharna

संस्थाका अध्यक्ष धिरेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले पिसविनले आफ्नो स्थापना काल देखी आफ्नो कार्य क्षेत्रमा राम्रो गरेको बताउनु भएको छ । पिसविनले गरेका कामहरुको चौतर्फि प्रशंसा हुने गरेको भन्दै समुदायमा संस्थाले आफ्नो छुट्टै पहिचान बनाएको बताउनुभयो ।

Mellekh RM1
Saud Agro Kailash

समाज रुपान्तरणका क्षेत्रमा गैरसरकारी संस्थाहरुको महत्वपूर्ण भुमिका रहेकाले स्थानीय सरकार संग समन्वय गरेर गर्न बाकी कामहरु अगाडी बढाउन आग्रह समेत गर्नुभएको छ । अहिले देश अफ्ठेरो अवस्थामा रहेकाले यो बेला समुदायका नागरिकहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि पिसविन जस्ता संस्थाहरुले काम गरेमा सरकारलाई पनि सहयोग पुग्ने नगर प्रमुख बोहराको भनाई छ ।

कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले सरकारी तथा गैरसरकारी संस्थाहरुको प्रभावकारी समन्वय भए मात्रै सामाजिक रुपमा राम्रो काम गर्न सकिने बताउनुभयो । युएन एपिएका अछाम प्रमुख आस्था रिजालले पिसविन अछामले सामाजिक रुपमा उदारणिय काम गरेको भन्दै खुलेर प्रशंसा गर्नुभएको थियो । साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै आईपास नेपालका जिल्ला संयोजक रमेश थापाले गैरसकारी संस्थाले अब परिणमा देखिने गरि काम गर्नुपर्ने बताउनुभयो ।

संस्थाहरुको चाहाना भन्दा पनि समुदायका नागरिकहरुको चाहाना बमोजिक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । मंगलसेनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न सकरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संस्थाका सचिव देवानन्द खतिवडाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन पिसविन अछाम प्रमुख गोकुल खड्काले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.