महिला शान्ति र सुरक्षा सम्बन्धी कार्ययोजना कार्यान्वयन जिल्ला समन्वय समितिको बैठक सम्पन्न

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

२६ मंसिर,मंगलसेन : महिला शान्ति र सुरक्षा सम्बन्धि कार्ययोजन कार्यान्वयन जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

Mangala Bharna

प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरको संयोजकत्वमा १० वटै पालिकाका प्रमुखहरु,प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल ,नगरपालिका तथा गाउँपालिका अन्तर्गतका द्वन्द पीडित एवं प्रभावित महिला बालबालिकाको समिष्टगत आवस्यकता पहिचान उपसमिति संयोजक बाट समितिले तोकेको दुई जना महिला सदस्य, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, शिक्षा तथा समन्वय इकाई प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, जिल्ला अस्पताल प्रमुख ,प्रतिनिधि समिती तोकेको द्वन्द्व पीडित महिला दुई जना, नेपाल पत्रकार महासंघ र नेपाल बार एसोसिएन जिल्ला शाखाबाट एकएक जना, सीमान्तकृत, अपांगता, लैङ्गिक, योनिक, अल्पसंख्यक, आदिवासी दलित ,जनजाति समुदायको क्षेत्रमा कार्यरत संघ संस्था बाट दुई जना सदस्य र प्रशासकीय अधिकृत सदस्य सचीव रहने गरि समिती गठन गरिएको हो ।

महिला शान्ति र सुरक्षा सम्बन्धि कार्ययोजनाकार्यान्वयन जिल्ला समन्वय समितिले राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धमा स्थानीय तहहरु बीच समन्वय गर्ने ,स्थानीय तह भित्र संचालित कार्ययोजना संग सम्बन्धित कार्यक्रम कार्यान्वयनको अनुगमन तथा मुल्यांकन गर्ने,राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धमा स्थानीय तहमा प्राप्त सुझाव प्रदेश तथा राष्ट्रिय निर्देशक समिति समक्ष पठाउने, कार्ययोजना सम्बन्धि प्रगति विवरण प्रदेश तथा राष्ट्रिय निर्देशक समितिलाई उपलब्ध गराउने काम गर्नेछ ।

त्यस्तै बैठकले प्रकरण ४,९,१०,११ र १२ मा उल्लेखित बमोजिमको प्रतिनिधित्व सम्बन्धमा आगामी बैठकमा छलफल गरि संस्थाको नाम तय गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयाे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.