जिल्ला प्रशासन कार्यालय अछामद्धारा तुर्माखाँद बजार अनुगमन

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash
Mangala Bharna

स्थानिय म्याद नाघेका खानेकुराहरु र ब्यापारीहरुले मनपरी ढंगले सामानको मुल्य बढाउने गुनासो आउन थालेपछि जिल्ला प्रशासनले अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यलयका कर्मचारी, तुर्माखाँद गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा, लगायत गाउँपालिका कर्मचारी सहभागीता रहेको थियो ।

५० वटा पसलको अनुगमन गरी १४ वटा खाध्य बस्तुको अनुगमन गरिएको थियो भने मूल्य सुचि र साईनबोर्ड नराखेको पसललाई ५ दिन भित्र राख्न र व्यावसाय दर्ता तथा नबिकरण नगरेकोलाई तत्कालै नवीकरण गर्न निर्देशन समेत गरिएको छ ।

तुर्माखाँद गाउँपालिका बजार अनुगमनको क्रममा अबैध मदिरा ,म्याद नाघेका सामानहरु चेक जाँच गरि नष्ट गरियको तुर्माखाँद गाउँपालिका प्रशासन शाखा सुब्बा अम्बर प्रसाद जैसी जानकारी दिनुभयाे।

अहिले पनि केही पसलहरुमा म्याद नाघेका खाद्य वस्तुहरु भेटिएकाले त्यस्ता सामानहरु जफतगरि नष्ट गरिएको, मुल्य सुची नराखेका पसलहरुलाई तत्काल मुल्य सूची राख्न अनुरोध गरिएको र नबिकरण नगरिएका पसलहरुलाई तत्काल नबिकरणको प्रकृया अगाडी बढाउन निर्देशन दिइएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढाले बताउनुभयाे ।

म्याद नाघेका समानहरुमा दादमोट, बिष्कुट, सुजी, जिरा मसला ,भुजा ,चिउरा, अबैध समान बिभिन्न पसल हरुमाबाट पाँच हजार बराबरको म्याद नाघेका सामानहरु नष्ट गरिएको तुर्माखाँद गाउँपालिका महिला बालबालिका शाखा प्रमुख जनक बहादुर थापाले जानकारी दिनुभयाे ।

सुदूरआजबाट साभार गरीएकाे ……

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.