युवाको विद्यमान अवस्था लाई विशेष रूपमा सम्बोधन गर्नु पर्ने माग

युवाहरूका समस्या, सवाल र सम्भावनाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

०२ पुस,मंगलसेन : युवा नीतिको आवश्यकता र महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।

युवाहरूका समस्या, सवाल र सम्भावनाको विषयमा सरोकारवाला तथा युवाहरू बिच अन्तरक्रिया नगरपालिकाको सभा हलमा सोमवार सम्पन्न भएको हो ।

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक भए पनि पछिल्लो समय देशमा बढ्दो बेरोजगारी समस्याले युवा पलायन नरोकिएको भन्दै सहभागी युवाहरूले आक्रोश पाखेका थिए ।

परिवर्तनका संवाहक मानिएका युवाहरू लाई  राष्ट्रिय नीति बाट विशेष रूपमा सम्बोधन गरी राष्ट्र निर्माणमा अग्रसर गराउनु पर्ने तथा युवाको विद्यमान अवस्था लाई विशेष रूपमा सम्बोधन गर्नु पर्ने माग युवाहरूले उजागर गरेका हुन् ।

वाक नेपालको आयोजना, पञ्चदेवल विनायक नगरपालिकाको सहकार्य, सेभ द चिल्ड्रेन र बुलगारी को सहयोगमा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख हर्क बहादुर रावल,निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश न्यौपाने, शिक्षा युवा तथा खेलकुद शाखा संयोजक डम्बर थापा लगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण वाक नेपाल पावर परियोजनाका कार्यक्रम संयोजक महादेव ओझाले गरेका हुन ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.