नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा स्व: भण्डारीकाे परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण



०२ पुस, मंगलसेन – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम बाफतकाे रकम घरमै गएर हस्तान्तरण गरेको छ ।

क्यान्सर राेगका कारण ज्यान गुमाएकी स्व:जयन्ती तिमिल्सिना भण्डारीकाे परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम बाफतकाे रकम घरमै गएर हस्तान्तरण गरेको छ ।
कम्पनीले मृतकका परिवारलाई बीमा दाबी वापतको जम्मा ३ लाख ७१ हजार ७ सय ५० मध्ये मृतकका श्रीमान खेमराज भण्डारीको ७१ हजार ७ सय ५० बराबरको नयाँ बिमा जारी गरि ३ लाख बराबरको चेक मृतकका जेठाजु कुलानन्द भण्डारीलाई हस्तान्तरण गरेकाे हाे ।
मृत्यु दाबी रकम बाफतकाे रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका उपशाखा प्रमुख पदम बहादुर थ्यायतले हस्तान्तरण गरेका हुन् ।
स्व: भण्डारीले उपशाखा कार्यालय मंगलसेन अछाममा ३ वर्ष पहिले नै ३ लाख रुपैयाँको सुरक्षित जिवन बीमा गरेकी थिइन ।
यस अन्तर्गत वार्षिक प्रिमियम ४ किस्ता वापत ५७ हजार ९ सय ८० भुक्तानी गरेका थिए ।
चेक हस्तान्तरण सहित मृतक भण्डारीप्रति कम्पनीले भावपुर्ण श्रद्धाञ्जली अर्पण समेत गरेकाे थियोे ।
मंगलसेन नगरपालिका वडा नम्बर ६ मा बसाेबास गर्दै अाउनुभएकी भण्डारीकाे ३३ बर्षकाे उमेरमा गत मङ्सिर १ गते निधन भएको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मंगलसेन अछामका उपशाखा प्रमुख पदम बहादुर थ्यायत,गंगा माध्यमिक बिद्यालयका प्रधानाध्यापक मोतीराम भण्डारी र समाज सेवी पुष्पराज भण्डारी,चन्द्र प्रसाद भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियोे ।
अछाम अन्लाईनबाट साभार गरिएकाे …
