अछाम जिप दुर्घटनामा घाइते ३ जना मध्ये, २ जना उपचारपछि घर फर्कीए

Purnima Mobile
Samajik Bal biwaha

०२ पुस,मंगलसेन – अछाममा जिप दुर्घटनामा परि ३ जना घाईते भएका छन् ।

Mangala Bharna
Saud Agro Kailash

साेमबार आज जिल्लाको तुर्माखादबाट मंगलसेन तर्फ आईरहेको से १ ज ७७५ नम्बरको जिप मंगलसेनकाे जिल्ला अस्पताल नजिकैकाे सडकमा अनिंन्त्रित भइ दुर्घटना हुदाँ ३४ बर्षीय गाडी चालक लक्ष्मण भाट सहित ३ जना घाईते भएका छन् ।

Mellekh RM1

अर्का घाईते हुनेमा तुर्माखाद गाउँपालिका वडा नम्बर ३ का जवान सिंह उखेडा रहेको र एक जनाको अवस्था सामान्य रहेकोले प्रहरी अभिलेखमा नराखिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साँउदले बताउनु भएको छ ।

घाइते चालक भाट बयलपाटा अस्पतालमा उपचारपछि फर्कीएका छन् । यस्तै अर्का घाईतेलाई पनि जिल्ला अस्पताल मंगलसेनमा उपचारपछि घर पठाईएको अछाम प्रहरीले जनाएको छ । घाईतेहरुको अवस्था सामान्य रहेको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.