जिल्ला प्रहरी कार्यालय अछामले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रम कमलबजारमा सम्पन्न

Purnima Mobile
Samajik Bal biwaha

मंगलसेन, पौष ०३ ।

Mangala Bharna

अछामको कमलबजार नगरपालिकाका स्थानीय नागरिकहरुले प्रहरी र नागरिकहरु विच सुमधुर सम्बन्ध हुनुपर्ने बताएका छन ।

Mellekh RM1

नागरिकहरुले भोगि रहेका समस्याहरु समाधानका लागि प्रहरीले पहल गर्नुपर्ने र नागरिकहरुले पनि समुदाय स्तरमा हुने आपराधिक गतिविधि न्युनिकरणका लागि प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन ।

जिल्ला प्रहरी कार्यालय अछामले कमलबजारमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा सहभागि पालिकाका स्थानीय नागरिकहरुले अहिले पनि गाउँघरमा मदिराको कारणले विभिन्न किसीमका आपराधिक घट्नाहरु बढीरहेकाले मदिरा व्यवस्थापमा स्थानीय सरकार र प्रहरी प्रशासनले ध्यान दिनुपर्ने माग गरेका थिए ।

मदिराकै कारणले गरिबि र हिंसा बढेको पाईएकाले यस तर्फ सरोकारवालाले ध्यान दिएमा घट्ना न्युनिकरण हुनेमा विश्वाश ब्यक्त गरेका छन । कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै स्थानीय अगुवा तथा चक्रेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक कासीराम बजगाईले बजार क्षेत्रमा खानेपानीको समस्या हुदा स्थानीय नागरिकहरुले निकै सास्ती व्यहोर्नु परेको गुनासो गर्नुभएको थियो ।

बजारमा पानी नहुदा यसको मार विद्यालय पढ्ने बालबालिमा पर्ने गरेको उहाको भनाई छ । बिहान बेलुकी पढ्ने समयमा उनीहरुले पानी ल्याउन जानुपर्ने बाध्यता भएकाले यस बाट उनीहरुको पढाई निकै प्रभावित भएको बताउनुभयो । बजार क्षेत्रको खानेपानीको समस्या समाधानका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने प्रधानाध्यापक बजगाईको सुझाव छ ।

कमलबजार नगरपालिका वडा न ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले आपराधिक घट्ना बढ्नुको कारण मदिरा भएकाले यसका लागि स्थानीय सरकार र प्रशासन मिलेर ठोस योजना निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । अहिले पनि नागरिकहरुले मदिरा व्यवस्थापनका विषयमा सरकारले कुनैपनी पहल गर्न नासकेको गुनासो गर्ने गरेको अधयक्ष तिमिल्सैनाले बताउनुभयो ।

Saud Agro Kailash

आफुले आफ्नो वडामा बालबिवाहा विरुद्धको अभियान संचालन गरेपनि स्थानीय प्रहरी बाट आफुलाई सहयोग नभएको उहाको गुनासो थियो । आफुले आफ्नो वडामा संचालन गरेको यो अभियानमा प्रहरीले साथ दिएमा आफुलाई बालबिवाह न्युनिकरण गर्न सहयोग पुग्ने अध्यक्ष तिमिल्सैनाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता नृमल बिष्टले समुदाय स्तरमा अहिले पनि नागरिकहरुले शान्ती सुरक्षाको प्रत्यायभुति गर्न नपाएको बताउनुभएको छ । मदिरा र गरिबीले सबैभन्दा बढि समाज आक्रान्त बनेकाले यस तर्फ सम्बन्धीत सरोकारवालाले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अहिले अछाम जिल्ला बाट बाहिर जाने सवाधरी साधनहरुले मनपरी ढंगले भाडा असुली गरिरहेकाले यस तर्फ स्थानीय प्रशासनले ध्यान नदिएको बिष्टको भनाई थियो ।

जिल्ला प्रहरी कार्यालय अछामले अछाममा आत्म हत्याका घट्नाहरु बढिरहेको डरलाग्दो तथ्याङक प्रस्तुत गरेकाले यसको एक प्रमुख कारण लघुवित्तपनि भएको आरोप लगाउनु भएको छ । उनीहरुले समुदाय स्तरमा रहेका महिला दिदि बहिनीहरुलाई मानसिक तनाव दिने र सोही कारणले उनीहरु आत्महत्यको बाटो रोज्न बाध्य भएको बताउनुभयो ।

कार्यक्रममा सहभागि स्थानीय नागरिकहरुले राखेका गुनासाहरुको जवाफ दिदै अछामका प्रमुखजिल्ला अधिकारी सरद कुमार पोखरेलले पालिका स्तरमै पुगेर नागरिहरुका गुनासाहरु सुन्ने र समाधानका लागि पहल गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हुदा नागरिकका गुनासाहरुको सुनुवाई हुने विश्वाश दिलाउनु भएको थियो ।

जिल्ला प्रशासन कार्याललय अछाममा जनशक्तिको अभाव हुदापनि नागरिकहरुका गुनासा सुन्ने र सम्बोधन गर्ने काम भईरहेको बताउदै उहाले कार्यालयमा आउने सेवाग्राहीलाई पनि मुस्कान सहितको सेवा दिने गरेको बताउनुभयो ।

नागरिकहरुका स्थानीय प्रशासन संग धेरै अपेक्षा भएकाले बजार अनुगन गर्ने जिम्मेवारी सम्बन्धित ठाउको स्थानीय सरकारलाई भएकाले स्थानीय सरकारलाई प्रशासनले सहयोग गर्ने गरेको बताउनुभयो । नागरिक सुनुवाई कार्यक्रमको समापन गर्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले नागरिकहरुले गरेका गुनासाका सम्बोधन हुने गरि काम गर्ने योजनाका साथ आफु लागी परेको बताउनुभयो ।

कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाले बजार क्षेत्रमा खानेपानीको अभाव भएको गुनासो गरेकाले खानेपानीको समस्या समाधानका लागि स्थानीय सरकार चिन्तीत रहेको नगर प्रमुख ढकालको भनाईथियो ।

कार्यक्रममा प्रहरी संग सम्बन्धित नागरिकका गुनासाको जवाफ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख सन्तोस पाठकले दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख विरेन्द्र जुहारीले गर्नुभएको थियो । कार्यक्रममा त्यस क्षेत्रका स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.