बान्निगढी जयगढ गाउँपालिकाको सल्लेनामा सोलार मुस योजनाको उद्घाटन

घर-घरमा धारा भएपछि, स्थानीय खुसी

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash
Mangala Bharna
बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर २ सल्लेनामा सल्लेना सोलार मुस खानेपानी तथा सरसफाइ समितिको उदघाटन भएको हो ।

बान्निगढी जयगढ गाउँपालिका, रिनेवल वर्ल्ड, सप्रोस नेपाल, र वाक नेपालको संयुक्त्त लगानीमा १ करोड २२ लाख ५० हजार १ सय ४२ रुपैयाँको आर्थिक सहयोगमा खानेपानी योजना सम्पन्न भएको हो ।

पानी पिउन र तरकारी खेती तथा कृषि प्रयोजनका लागि सोलार सिस्टमबाट दैनिक साढे ४४ हजार लिटर पानी पम्पिङ भइरहेको छ । १ सय १ घरधुरी, र २ वटा सामाजिक संस्था गरि जम्मा १ सय ३ धाराहरु संगै मिटर सिस्टम पनि जडान गरिएको छ ।

“जमानामा घरबाट विहान विहानै उज्यालो बालेर आधा घन्टा हिडेर पानी ल्याउन जानु पर्थ्यो , जंगली जनावरको पनि डर त्रास हुन्थ्यो ,अहिले घरमै धारा भएपछि निकै सजिलो भएको छ,समयको पनि बचत भएको छ ,संगै तरकारी बारिकालागि पनि सिचाइ गर्न सजिलो भएको स्थानीय बताउँन ।”

सल्लेना सोलार मुस योजना निर्माण समितिका अध्यक्ष खम्म बहादुर साउँदको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बान्निगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि र उपाध्यक्ष विन्दु रावल विशिस्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना, अन्य वडाका वडा अध्यक्षहरु, पालिकाका प्रवक्ता, कार्यपालिका सदस्य, वाक नेपालका बोर्ड सदस्य छत्रमान ताम्राकार, पालिकाका विभिन्न शाखाका प्रमुखहरु, टेक्निकल लिड रेनेवल वर्ल्डका सन्जिव लाल, परियोजना ब्यवस्थापक सुमन श्रेष्ठ, अनुगमन तथा मुल्यांकन ब्यवस्थापक सजलमणी धिताल, वरिष्ठ प्राविधिक अधिकृत चन्द्रकान्त मरासिनी, सप्रोस नेपाल परियोजना संयोजक लोकेश थापा, वाक नेपाल टेक्निकल सुपरभाइजर चक्र कुँवर अतिथि रहनुभएको थियो ।

स्थानीय सरोकारवाला र पत्रकारहरुको समेत सहभागिता रहेको कार्यक्रमको संचालन पालिकाका रोजगार संयोजक गणेश बहादुर सुनारले गर्नुभएको थियो ।

पैरवीखबरबाट साभार गरिएकाे….

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.