चालु आर्थिक वर्षको ५ महिनामा जिल्ला अस्पताल अछामबाट स्वास्थ्य विमामार्फत् ४ हजार बढीले सेवा लिए

Purnima Mobile
Samajik Bal biwaha

०६ पौष ( चक्र प्रशाद जैसी ) मंगलसेन – चालु आर्थिक वर्षको ५ महिनामा जिल्ला अस्पताल अछामबाट स्वास्थ्य विमा अन्र्तगत चार हजार बढीले सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि हालसम्म अस्पतालबाट ४ हजार १ सय ८३ जनाले बिमामार्फत् स्वास्थ्य सेवा लिएका हुन् ।

Mangala Bharna

हाल अस्पतालमा सेवा लिन आउने सेवाग्राहीमध्ये ५० प्रतिशत बिमितहरु आउने गरेका जिल्ला अस्पताल मंगलसेनका डाक्टर रवी यादवले बताउनुभयो । उहाँका अनुसार गत वर्ष १० हजार जनाले स्वास्थ्य विमा मार्फत् अस्पतालको सेवा प्राप्त गरेका थिए । जिल्ला अस्पतालबाट प्रदान गरिने बहिरंग तथा आकस्मिक सेवा प्राप्त गर्ने बिमित बिरामीको संख्या बढीरहेको डाक्टर यादवले बताउनुभयो । बिमा मार्फत् उपचारमा हुने सहजताका विषयमा अझै जनचेतना दिन आवश्यकता भने देखिएको उहाँको भनाई छ ।

Mellekh RM1
Saud Agro Kailash

अछाममा अहिले ५५ हजार ५ सय ७५ जना स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध रहेका छन् । विशेषगरी दिर्घ रोगी तथा विपन्न बर्गका मानिसहरु यसबाट बढी लाभान्वित भएका बिमा वोर्ड शाखा कार्यालय मंगलसेनका जिल्ला संयोजक मनकला न्यौपानेले बताउनुभयो । सबै नेपालीलाई स्वास्थ्य सेवाको सहज पहुँचका साथै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित बीमा कार्यक्रममा जिल्लाका कुल घरधुरीका ३५ प्रतिशत आवद्ध भएका उहाँले बताउनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुने बिमित संख्याको आधारमा अछाम सुदुरपश्चिम प्रदेशमै दोस्रो स्थानमा रहेको छ । बिमा मार्फत् अहिले कस्मेटिक सर्जरी बाहेकका अरु सबै सेवा बिरामीले पाईरहेका छन् । बिमाबाट आर्थिक अभावका समयमा पनि सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेपछि जिल्लामा बिमा गर्नेहरुको संख्या बढ्दै गएको छ । अछाममा अहिले सदरमुकाम बाहिरका ४ वटा स्वास्थ्य संस्थासहित जिल्ला अस्पताल मंगलसेनबाट बिमामार्फत् बिरामीले उपचार सेवा लिईरहेका छन् ।

यस्तै बोर्डले जिल्लाबाट बिमित तर जिल्लाबाहिर उपचार गर्नुपर्ने बिरामीहरुका लागि रिफरल कार्डसमेत उपलब्ध गराउने गरेको छ । जसले गर्दा देशभरका स्वास्थ्य बिमा कार्यक्रम लागु भएका जुनसुकै अस्पतालहरुमा गएर पनि बिरामीले उपचार गर्न पाउँछन् ।

बार्षिक ३ हजार पाँच सय रुपैयाँ प्रिमियम रकम बुझाएमा एक वर्षसम्म एकै परिवारका पाँच जनाले १ लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन् । अछाममा २०७४ साल पुस ९ गतेदेखी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.