प्रत्येक महिनाको दोस्रो शनिवार मंगलसेन बजार सरसफाई गरिने

१० पौष ( चक्र प्रशाद जैसी ) अछाम – मंगलसेन बजार विकास तथा प्रर्वद्धन समाजको बैठक विभिन्न निर्णय गर्दै मंगलसेनमा सम्पन्न भएको छ ।

Samajik New Add 2082

वजारको सौन्दर्यता बढाउन मंगलसेन बजार विकास तथा प्रर्वद्वन समाजले प्रत्येक महिनाको दोस्रो शनिवार बजार बन्द गरि सरसफाई कार्यक्रम गर्ने निर्णय गरेको मंगलसेन बजार विकास तथा प्रवद्वन समाज अध्यक्ष गोविन्द बहादुर बोगटीले बताउनु भएको छ ।

प्रर्वद्धन समाजले बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्नेदेखि अन्य रचनात्मक कार्यहरु गर्दै अघि बढीरहेको हो । समाज गठन भएदेखी समय समयमा बजार सरसफाईका काम निरन्तर गरीरहेको छ ।

बजार क्षेत्रको सरसफाईका लागि समाज र नगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले यस कार्यमा सबै बजारबासीलाई साथ दिन समेत उहाँले आग्रह गर्नुभयो ।

समाजले एक सुचना नै जारी गरेर महिनाको दोस्रो शनिवार बजार बन्द गरि सरसफाइ अभियानमा सहभागी भई दिन हुन सम्पुर्ण वजार स्थित ब्यापारीहरूमा अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.