किशोरीहरुका लागि २ दिने आत्मारक्षा सम्बन्धि तालिम तुर्माखाँदमा सुरु

१३ पाैष,मंगलसेन : जिल्लाको तुर्माखाद गाउपालिकामा किशोरीहरुका लागि २ दिने आत्मारक्षा सम्बन्धि तालिम तुर्माखाँदमा सुरु भएकाे छ। किशोरीहले आफ्नो रक्षाका लागि आफै सक्षम हुन सकुन् भनेर तालिमको आयोजना गरिएको थियो ।

अध्यक्ष शिक्षक अभिभावक संघका अध्यक्ष शेर बहादुर बि. ककाे अध्यक्षतामा सुरु भएको तालिममा प्रमुख अतिथी तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बि. सी रहनु भएकाे थियाे भने बिशिस्ट अतिथी तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाही रहनु भएकाे थियाे |

तालिममा तुर्माखाँद गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लाेक बहादुर शाही,अतिथी ४ नम्बर वडा अध्यक्ष पदम बहादुर बि.सी.अतिथी सुदूरपश्चिम खेलकुद परिषद् सदस्य आजका कार्यक्रम प्रशिक्षक बिएस वड,जिल्ला खेलकुद समिति कराते प्रशिक्षक हिक्मत भुल ,सामजिकबिकास कार्यलय प्रा.स राजु शाहा,लगाएयत अन्य शिक्षक बुद्धिजीवी हरुकाे उपस्थिति रहेकाे थियाे | कार्यक्रम संचालन शिक्षक महेन्द्र बहादुर बयकले गर्नु भयकाे थियाे |

Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.