मालिका सामुदायिक सिकाई केन्द्र द्धारा आयोजित बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा 

मालिका सामुदायिक सिकाई केन्द्र मंगलसेन १ कुन्तिवण्डालीको आयोजनामा हुन लागेको बृहत साँस्कृतिक कार्यक्रम तथा वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पुरा भएको छ । स्थानीय कला संस्कृतिको संरक्षण र विकासका लागि भन्ने मुल नारा सहित हुन लागेको कार्यक्रमको तयारी पूरा भएको मुल आयोजक समितिले जनाएको छ । 

Samajik New Add 2082

  स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रवर्दन गर्ने उदेश्यले आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा स्थानीय कला संस्कृति झल्कीने विभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको सामुदायिक सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदले जानकारी दिनुभयो । मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको व्यवस्थापन र प्राविधिक कार्य सम्पन्न भएको उहाँको भनाई छ । कार्यक्रमको लागि स्वागत गेट देखी मंच निर्माण र कार्यक्रम स्थल सरसफाई लगायतका कार्य सम्पन्न भएका छन ।

बृहत सांस्कृतिक कार्यक्रममा हुडकेउली, न्याउले खेल, पुतला, सात वटै सामुदायिक सिकाई समूहको देउडा लगायत साँस्कृतिक प्रस्तुती रहने छन । यस्तै कार्यक्रममा देउडा खेलाडी तुलसी थापाको देउडा खेल तथा कलाकार जनक साउदको साँगितिक र हाँस्यव्यंग्य प्रस्तुती संगै साधना कला केन्द्रका कलाकारहरुको प्रस्तुती रहने आयोजकको भनाई छ ।

बिहान ११ बजे बाट सुरु हुने कार्यक्रममा सहभागिताका लागि आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.