मेलमिलापको नीति कांग्रेसको मूल नीति हो : सहमहामन्त्री चलाउने

Kirci Gyan Kendra

१६ पाैष,मंगलसेन : नेपाली कांग्रेसका सुदुरपश्चिम सहमहामन्त्री अम्बिका चलाउनेले मेलमिलापको नीति कांग्रेसको मूल नीति भएको बताउनुभएको छ ।

Samajik New Add 2082

बीपीले देखाएको मेलमेलापको बाटो नै कांग्रेसको मूल बाटो भएकोले यो बाटोलाई कांग्रेसले बिर्सन नहुने बताउनुभयो । आज सोमबार ४८ औं राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेस अछामद्वारा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले बीपीले कुनै संस्था वा कुनै दललाई नभई राष्ट्रियताका लागि सहकार्य र लोकतन्त्र स्थापनाको सङ्घर्षका लागि लिइएको नीतितर्फ राजनीतिक दलको ध्यानाकर्षण हुनुपर्ने भनाइ थियाे।

प्रजातन्त्र प्राप्तिका लागि मात्र नभई देश निर्माणका लागि पनि बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।

Saud Agro Kailash

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्नु हुँदै नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य बेदप्रकाश तिमिल्सैनाले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि बिपीको विचारलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनु भएकाे छ। बीपी लगायतका नेताहरुले ल्याएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति लाई सबैले अनुसरण गरेर अघि बढ्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा बोल्ने बक्ता हरुले नेपाली काङ्ग्रेस पार्टी गुट उपगुटबाट ग्रसित बनेकोले गुट उपगुटरहित काङ्ग्रेस हुनुपर्ने बताएका थिए । काङ्ग्रेस बाट निर्वाचित जनप्रतिनिधि हरुले पार्टी संग समन्वय सहकार्य नगरेर आफ्नै तरिकाले काम गरिरहेका आरोप लगाए । नेताकार्यकर्ता बिचको सम्बन्ध प्रगाढ बनेपछि मात्रै पार्टी बलियो हुने भएकोले सबै एकताबद्ध तरिकाले पार्टीलाई अगाडि बढाउनुपर्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा महासमिति सदस्य सुरत बहादुर बिष्ट ,पदमराज अधिकारी ,अन्जु मल्ल ,भगवती खनाल,जिल्ला समन्वय समितीका प्रमुख ललित बहादुर कुवर,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय सभापति पुष्पराज शर्मा , बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद,महाधिवेशन प्रतिनिधि पुर्णा शाह लगायत नेताहरुले मन्तव्य राखेका थिए । पार्टी उपसभापति अर्जुन ताम्राकारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पार्टी प्रबक्ता पदम बहादुर शाहले गर्नुभएको थियो ।

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.