अछाम दरबारको निर्माण कार्य अघि बढाउनुपर्ने माग गर्दै ज्ञापनपत्र

Purnima Mobile
Samajik Bal biwaha

अछाम दरबारको निर्माण कार्य यथासिघ्र सुरु हुनुपर्ने माग गर्दै जिल्लाका सरोकारवालाको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा गएको टोलीले अछामका प्रमुखजिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको हो ।

Mangala Bharna

निर्माण कार्य सुरु भएको १५ बर्ष बिति सक्दापनी दरबारको निर्माण कार्य अहिले सम्म पनी पुरा नहुनु लाजमर्दो कुरा भएको भन्दै टोलीले अन्तिम चेतावनी स्वरुप प्रधामन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको नगर प्रमुख पदम बहादुर बोहराको भनाई छ । यस भन्दा अघि पनि पटक–पटक दरबार निर्माणको विषयामा अछाम बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य र अन्य सरोकारवालाले सरकारको ध्यानआर्कषण गराएपनी हाल सम्म निर्माण कार्यले पुर्णता नपाएको भन्दै ५ सय ५० जना स्थानीय नागरिकको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको उहाको भनाई छ । ज्ञापनपत्र बुझाउदै नगर प्रमुख बोहराले यस भन्दा अघिपनि दरबारको विषयमा धेरै पटक ज्ञानपत्र देखी लिखित तथा मौखीक रुपमा सरकारको ध्यानआकर्षण गराई सकेको र अब पनि सुनुवाई नभएको खण्डमा जिल्लाबासी कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभएको छ ।

Mellekh RM1

ज्ञापन पत्रमा लेखीएको कुरा बाचन गर्दै नगर प्रमुख बोहराले यसका लागि सबै सरोकारवालाले पनि साथ दिनुपर्नेमा जोड दिनुभएको थियो । ज्ञापन पत्र बुझाईसकेपछि पत्रकार संग प्रतिक्रिया दिदै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले लामो समयम सम्म पनी एउटा भवन निर्माण नहुनु लाजमर्दो कुरा भएकाले सरकारले यस कुरामा गम्भिर हुनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीहरुका पनि समस्या रहेकाले उनीहरुका समस्या समाधान गर्दै अछामको ऐतिहासिक दरबार निर्माण कार्यालाई पुर्णत दिनुपर्नेमा जोड दिनुभएको छ ।

Saud Agro Kailash

नेपाली काग्रेसका क्षेत्रीय सभापति तथा तुर्माखाद गाउँपालिकाका पुर्व अध्यक्ष पुस्पराज शर्माले दरबार निर्माण कार्य जुनसुकै हालतमा पनि पुरा हुनुपर्ने बताउनु भएको छ । तत्कालीन समयमा दरबार भत्काउने पार्टी नै अहिले सरकारको नेतृत्व गरिरहेकाले यो निर्माण कार्य अन्तिम चरणमा पुगेको दरबारको निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभयो । राज्य स्तर बाटै भएको लापरबाही भएकाले अब नेपालको ऐन कानुन बमोजिम अघि बढ्नुपर्ने बेला आईसकेको अध्यक्ष शार्माको भनाई छ ।

दरबार निर्माण कार्य यथासिघ्र हुनुपर्छ भन्दै अभियान संचालन गर्ने नेकपा एमालेका जिल्ला कमीटी सदस्य सिद्ध प्रसाद ढुंगानाले दरबार निर्माणको जिम्मा लिएका ठेकेदार भिम बहादुर साउद राजनितिक रुपमा संरक्षित ब्यक्ति भएकाले दरबारको निर्माण कार्य अहिले सम्म पुरा नभएको आरोप लगाउनुभएको छ । १५ बर्ष सम्म एउटा भवन निर्माण नहुनु यो भन्दा लाजमर्दो कुरा अरु केहीपनी नहुने भएकाले सरकार अझैपनी गम्भिर नहुने हो भने यो दरबारको निर्माण कार्य कहिलेपनी पुरा नहुने ढुंगानाको भनाई छ ।

ज्ञानपन पत्र बुझ्दै अछामका प्रमुखजिल्ला अधिकारी सरद कुमार पोखरेलले यस विषयमा आफुले पनि यो जिल्लामा आईसकेपछि निकै चासो राखेर ठेकेदारलाई पटक पटक फोन गरेको बताउनुभयो । यस्ता ऐतिहासिक क्षेत्रको निर्माण कार्य समयमै गर्नुपर्ने बताउदै उहाले यसका लागि आफुलेपनी पहल चाली रहेको प्रमुखजिल्ला अधिकारी पोखरेलको भनाई थियो । सरोकारवालाले दिएको ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनु भएको थियो । यसका लागि जिल्लाका सबै सरोकारवाला एक हुन आवश्यक रहेको ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागि सरोकारवालाको भनाई रहेको थियो ।

२०५८ सालमा ध्वस्त भएको अछाम दरबारको पुन निर्माण कार्य २०६५ साल असार २४ गते ठेक्का भएपनी अहिले सम्म निर्माण कार्य पुरा नभएको भन्दै अछामका नागरिकहरु सरकार र ठेकेदार संग आक्रोसित भएका छन । अब पनि निर्माण कार्य सम्पन्न नभए कडा आन्दोलन गर्ने अछामका सरोकारवालाले ज्ञापनपत्र मार्फत चेतावनी दिएका छन । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली काग्रेसका उपसभापति नयाराम बजगाई, एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा विभिन्न वडाका जनप्रतिनिधि, ब्यापारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.