अछाम दरबारको काम छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाद्धारा सरकारको ध्यानाकर्षण

Kirci Gyan Kendra

पौष १७ चक्र प्रशाद जैसी,मंगलसेन – लामो समयदेखि निर्माणाधिन अछाम दरबारको काम छिटो पुरा गर्न माग गर्दै अछामका सरोकारवालाको टोलीले सरकारको ध्यानाकर्षण गराएको छ ।

Samajik New Add 2082

अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलमार्फत् आज ज्ञापनपत्र बुझाउदै टोलीले वर्षौदेखि अलपत्र दरबार निर्माणको काम छीटो पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

Saud Agro Kailash

मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा गएको जिल्लास्थित जनप्रतिनिधि, राजनितिक दल, कर्मचारी, उद्योग व्यवसायी, सञ्चारकर्मी लगायतको टोलीले ५ सय १५ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै तत्कालिन विद्रोही पक्ष माओवादीको आक्रमणबाट मंगलसेन दरबार ध्वस्त हुनुका साथै अछाम जिल्लाले धेरै मानविय तथा भौतिक क्षती बेहोरेको स्मरण गराएको छ ।

शान्ती सम्झौता पश्चात् द्धन्दकालमा क्षती भएका संरचनाहरु पुर्ननिर्माण गर्ने सरकारको कार्यक्रम अन्र्तगत मंगलसेन दरबारको पुर्ननिर्माणको काम थालिएको तर काम सुरु भएको १५ वर्षसम्म पनि निर्माण कार्य अधुरै रहेको भन्दै यसतर्फ वेवास्ता गरिएको अछामका सरोकारवालाहरुले बताएका छन् । तत्कालिन समयमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा रहेको तथा जिल्लाकै ऐतिहासिक र पहिचान बोकेको मंगलसेन दरबारको निर्माण कार्य पुरा गर्न पटकपटक केन्द्र्र सरकार, सम्बन्धित मन्त्रालय, मन्त्रीहरु र अन्य निकायमा दबावस्वरुप ध्यानाकर्षण गराएको भएपनि प्रतिबद्धता अनुसारको काम नगरेको उनीहरुको गुनासो छ ।

सरकार र राजनीतिक संरक्षणमा विभिन्न बहानामा निर्माण व्यवसायीले दरबारको निर्माण कार्य हालसम्म पनि सम्पन्न नगरेको उनीहरुको भनाई छ । निर्माण कार्य अविलम्ब सुरु गरी सम्पन्न नभएमा अछामबासीहरुले धैर्य गर्न नसक्ने भन्दै अब पनि काम नथाले चरणबद्ध आन्दोलन गर्ने चेतावनि समेत दिईएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले दरवारको बिषयमा आफुले ठेकेदार र मन्त्रालयमा पटकपटक कुरा राखिरहेको उल्लेख गर्नुभयो । यो मागलाई तत्काल गृह मन्त्रालयमा पठाउने भन्दै आफ्नो तर्फबाट हुने प्रयाशमा प्रतिबद्ध रहेको उहाको भनाइ्र्र थियो ।

सशस्त्र द्धन्दका समयमा २०५८ साल फागुन ४ गते भएको आक्रमणमा ठुलो मानविय क्षती हुनुका साथै दरबार ध्वस्त भएको थियो । टेण्डर आव्हान भई आर्थिक वर्ष २०६४÷०६५ मा निर्माण व्यवसायी राजेन्द्र साउँद÷तुल्सी दुर्गा÷कुँवर÷बडिमालिका जे.भी. धनगढी कैलाली र तत्कालिन शहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय डोटीसँग दुई बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकोमा हालसम्म पनि निर्माण कार्य सम्पन्न भएको छैन । दरवार नबन्दा यसअघी निर्माण भईसकेको काम समेत भत्किने जोखिम छ । लामो समयसम्म निर्माण पुरा नभएको भन्दै जिल्लाबासी आक्रोसित बनेका छन् ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.