मंगलसेन नगरपालिका ६ द्धारा ९६ जना जेष्ठ नागरिकलाई सम्मान

Purnima Mobile
Samajik Bal biwaha

पौष १८ अछाम – मंगलसेन नगरपालिका वडा नम्बर ६ ले वडाका जेष्ठनागरिकलाई सम्मान गरेको छ ।

Mangala Bharna

आज एक कार्यक्रमको आयोजना गरि वडाका ९६ जना जेष्ठ नागरिकलाई न्यानो लुगा र फलफुल वितरण गर्दै सम्मान गरेको हो । हरेक बर्ष जेष्ठ नागरिक दिवसको अवसरमा वडाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्दै आएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा उनीहरुको स्वास्थ्य परिक्षण कार्यक्रम समेत राखीएको हुदा ४५ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिनुका साथै आवश्यक परामर्श सहित औषधी समेत वितरण गरिएको थियो ।

Mellekh RM1
Saud Agro Kailash

वडाध्यक्ष देबेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद यज्ञ बहादुर बोगटी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै पुर्व सांसद बोगटीले हाम्रो समाज रुपान्तरणका लागि जेष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताउनु भएको छ । समाजको विकासका लागि उनीहरुले गरेको योगदानको मुल्याङकन गर्दै हरेक घर परिवारले जेष्ठ नागरिकहरुलाई उचित किसीमको सम्मान र माया दिनुपर्नेमा जोड दिनुभएको थियो ।

जेष्ठ नागरिकहरुको अनुभव र तन्नेणीहरुको बल प्रयोग गर्दै समाज विकासमा जुट्नुपर्नेमा जोड दिनुभएको छ । जेष्ठ नागरिक र एकल महिलाहरु समस्यामा पर्न थालेको भन्दै तत्कालीन समयमा एमाले महासचिव मनमोहन अधिकारीले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताको अवधारण ल्याएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य दुर्गा प्रसाद भण्डारी, एमाले जिल्ला कमीटी सदस्य सिद्ध प्रसाद ढुंगाना, पुस्पराज भण्डारी, नेपाली काग्रेसका मंगलसेन नगरका कार्यबाहक सभापति हेमराज भण्डारी, राष्टिय स्वतन्त्र पार्टीका क्षेत्रीय सह सचिव सेतीराम भण्डारी, मालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महादेव भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

वडा सदस्य जन्मराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कृषि प्राविधिक तारा प्रसाद भण्डारीले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.