


शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन् । गाउँपालिकाले बिहीबार शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताउनुभयाे ।
उनका अनुसार बिहीबार गाउँपालिकाभित्रका शैक्षिक संस्था , सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ । शाहको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर शुक्रबार मृत्यु भएको थियो ।
