


ईलाका प्रहरी कार्यालय कमलबजार अछामको आयोजना र कमलबजार नगरपालिकाको सहयोगमा आज बुधबारबाट कार्यक्रमको सुरुवाद गरिएको हो । कमलबजार नगरपालिका वडा नम्बर १ मुलीमा बसोबास गर्ने अल्पसंख्यक माझी समुदायको घरबाट घरघरमा प्रहरीको सम्पर्क नम्बर टाँस गर्ने अभियानको शुभारम्भ भएको कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकालले बताउनुभयाे ।
प्रहरीको हटलाइन नम्बर घरमा टासेर सुरुवात गरिएको हो । ईलाका प्रहरी कार्यालय कमलबजार प्रमुख बिरेन्द्र जोहारीले प्रहरीको छिटो छरितो सेवा लिन, समाजमा दबिएर लुक्न सक्ने घटनाको सिघ्र सूचना प्राप्त गर्न र नागरिक–प्रहरी विचको सम्बन्ध थप कसिलो बनाउन घरघरमा प्रहरीको सम्पर्क नम्बर टाँस्ने कार्यक्रमको सुरुवाद गरिएको बताउनु भएकाे छ ।
प्रहरीको हटलाइन टास्ने कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले प्रहरी संग कत्ती पनि न डराइकन खुल्सत रुपमा आफना समस्या राख्न आग्रह गर्नुुभयाे ।
कार्यक्रममा कमलबजार नगरपालिका नगउप्रमुख सारदा कुवरले हाम्रो समाजमा पुरुष भन्दा महिला धेरै हिंसामा परेकाले हिंसा सहेर नबस्न आग्रह गर्नु भएकाे छ । कोहि कसैलाइ गारो अफ्टेरो परेमा इलाका प्रहरी कार्यालयको हटलाइन नम्बरमा फोन गर्न अनुरोध समेत गर्नुभयो ।
घरघरमा प्रहरीको सम्पर्क नम्बर टास्ने कार्यक्रम कमलबजार नगरपालिकाको १ देखि १० वटै वडाको हरेक घरमा यो सुरक्षा नम्बर भएको स्टिकर टाँस्ने काम गरिने इलाका प्रहरी कार्यालयका कमलबजारका प्रहरी प्रमुख बिरेन्द्र जोहारीले बताउनुभयाे ।
