राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि यस वर्ष पनि धनवन्तरी मावि ताेली लाई 

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash
१८ पुस,मंगलसेन – पञ्चदेवल विनायक नगरपालिकामा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा धनवन्तरी मावि तोली प्रथम भएको छ । विभिन्न ११ विधामा भएको खेलमा ५ वटा विधामा प्रथम भएर धनवन्तरीले शिल्ड जितेको हो । छनौट प्रतियोगितामा भवानीदेवी मावि पुल्लेतोला द्धतिय भएको छ भने विद्यामन्दिर नमुना मावि तृतीय भएको छ । 
Mangala Bharna

यस वर्ष सँगै धनवन्तरी माविले लगातार ३ वर्ष शिल्ड जितेको छ ।

पौष १४ गतेदेखि सुरु भएको खेलमा पालिकाका १२ वटा माद्यामिक विद्यालयका खेलाडीहरूले प्रतिस्पर्धा गरेका हुन । दोस्रो भएको भवानीदेवी माविले ४ वटा विधामा जित हात पारेको छ । पालिकाको उच्चतम विद्यालय विद्यामन्दिर नमुना माविले भने २ वटा विधामा जित निकालेर चित्त बुझाएको हो ।

सम्पन्न भएका विभिन्न खेल मध्य छात्रा तर्फको उत्कृष्ट खेलाडीको उपाधि धनवन्तरी मावि तोलीकी छात्रा दिलसरा भण्डारी र छात्र तर्फको उत्कृष्ट खेलाडीको उपाधि शारदा माविका खेलाडी ओमराज बोहराले प्राप्त गरेका छन ।

समापन समारोहको समापन गर्दै नगरप्रमुख अम्बिका चलाउनेले यस वर्षको जिल्ला स्तरीय शिल्ड आफ्नो नगरपालिकाले जित्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले आगामी दिनमा नगरपालिका भित्रका खेलाडीहरूको क्षमता अभिवृद्धिका लागी नगरपालिकाले योजना बनाएर काम गर्ने बताउनुभयाे ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले गर्नु  भएकाे थियाे।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.