कुन्तिवण्डाली महिला बहुउदेश्यीय सहकारी संस्थाको छैठौं साधारणसभा सम्पन्न

कुन्तिवण्डाली महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेड मंगलसेन नगरपालिका १ को छैठौं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्गा कुमारी नाथको अध्यक्षतामा भएको साधारणसभामा मंगलसेन नगरपालिका १ का वडा अध्यक्ष लोकराज नाथ प्रमुख अतिथि रहनुभएको थियो ।

Samajik New Add 2082

कार्यक्रममा बोल्दै नाथले सहकारीको विकासका लागि सवै सम्वद्ध पक्ष सक्रिय र जागरुक हुन जरुरी रहेको बताउनुभयो । सहकारीताको मर्म भावना अनुसार कार्य गर्न आग्रह गर्दै उहाँले महिला सहकारीलाई अझ व्यवस्थित र सक्रिय पार्न जरुरी रहेको बताउनुभयो ।

साधारणसभामा कार्यपालिका सदस्य हंश थापा राना र पूर्व वडा अध्यक्ष गोपाल थापा बिशिष्ट अतिथि रहनुभएको थियो भने अन्य अतिथिहरुमा नेपाली काँग्रेसका जिल्ला सदस्य चन्द्र बहादुर जैगडी, नेकपा एमालेका बिर्ख राना, मंगलसेन नगरपालिकाका कर्मचारी होम साउद, सवै विद्यालयको तर्फबाट मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक पम्फा रावल र मालिका सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापा रहनुभएको थियो ।

संस्थाका अध्यक्ष दुर्गा नाथले सहकारीको वार्षिक प्रगती प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा मैसरा साउद थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन निर्मला पाल थापाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.